बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ५ ,७ ,८ र ९ का बाढी पहिरो पीडितहरुलाई हिमाली रनिङ एडभेन्चर युके द्धारा जाडो समयमा फाईवर सिरक वितरण गरिएको छ ।
यहाँका बाढी पहिरो पिडित करिव १२० घरधुरीलाई राहत स्वरुप ३ लाख ६४ हजार बराबर फाईवर सिरक शनिबार एक कार्यक्रमका विच प्रदान गरिएको थियो । रोजगारीको शिलशिलामा युके लगायतका देशरमा रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीबाट संकलित रकमबाट यस जाडो समयमा स्थानिय पिडितको समस्यालाई मध्यनजर गदैँ उक्त सहयोग गरिएको मुख्य अभियान्ता किरण बुढा मगरले बताउनुभयो ।
वडा नम्बर ९ का वडा अध्यक्ष हरि बहादुर घर्तिको सहयोवरमा अभियान्ताका दाजु कृष्ण बुढा र दिदि सिता बुढा मार्फत पिडित परिवारलाई वडा नम्बर ९ को वडा कार्यलयमा पुगेर फाईबर सिरक प्रदान गरिएको जनाईएको छ । भुजीखोलामा आएका बाढीका कारण धेरैले परिवारका सदस्य गुमाउनुका साथै घरबार विहिन भएका थिए ।
केहि समय उता बढेको चिसो र हिमपातका कारण ढोरपाटन क्षेत्रका पिडित समस्यामा परेको थाहाँ पाएसगैँ संकलित रकमबाट सिरक प्रदान गर्न लगाएको अभियान्ता बुढाले बताउनुभयो । अभियान्ता बुढा सगैँ शिशिर थापा,विकास थापा,मिलन रोका,रेशम राना,प्रदिप बुढा,तुल्सी बुढा,दल रोका र मन बहादुर थापा लगायत रहनुभएको थियो । जाडो समयमा फाईबर सिरक पाउदाँ पिडितहरु भने खुशी भएका थिए । वडा अध्यक्ष हरि घर्तिले स्थानिय पिडितहरुलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रमकै अवसरमा स्थानिय जनचेतना प्राथमिक विद्यालयलाई नगद रु १० हजार रुपैया हस्तान्त्रण गरिएको स्थानिय अमर बहादुर बुढाले जानकारी दिनुभयो ।















