नेपाली कांग्रेस बागलुङ आफ्नै भवन निर्माणमा जुट्यो, भवन निर्माण गर्दा पाँच करोड लाग्ने अनुमान

नेपाली कांग्रेस बागलुङ आफ्नै भवन निर्माणमा जुट्यो, भवन निर्माण गर्दा पाँच करोड लाग्ने अनुमान
२०७८ माघ २७ गते बिहिबार ११:३६

बागलुङ- नेपाली कांग्रेस बागलुङले आफ्नै भवन निर्माणका लागि जुटेको छ । पार्टीले भवन निर्माणका लागि जग्गा समेत जुटाएको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ नायारणचोकमा १४ आना जग्गा व्यवस्थापन गरेको कांग्रेस बागलुङका सभापति जीतबहादुर...

बागलुङ- नेपाली कांग्रेस बागलुङले आफ्नै भवन निर्माणका लागि जुटेको छ । पार्टीले भवन निर्माणका लागि जग्गा समेत जुटाएको छ । बागलुङ नगरपालिका वडा नम्बर ३ नायारणचोकमा १४ आना जग्गा व्यवस्थापन गरेको कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनले जानकारी दिनुभयो । दुई करोड पाँच लाखमा जग्गा खरिद भएको उहाँको भनाई छ ।

‘भवन निर्माणका लागि हामीले बागलुङ नगरपालिका वडा नम्बर ३ नारायणचोकमा १४ आना जग्गा दुई करोड पाँच लाखमा व्यवस्थापन गरि सकेका छौँ,’ सभापति शेरचनले भन्नुभयो ‘केही दिनै जग्गा पास हुन्छ ।’ उहाँले खरिद गरेको जग्गामा भवन निर्माणका लागि नक्सा बनाउँदै गरेको भन्दै नक्सा बने लगत्तै भवन निर्माणमा जुट्ने बताउनुभयो । जग्गा खरिद र भवन निर्माणका लागि करिब पाँच करोडरुपैयाँ लाग्ने अनुमान गरेको सभापति शेरचनको भनाई छ ।

‘अहिले नक्सा बनाउने काम हुँदै छ, नक्सार तयारपछि निर्माण सुरु गर्ने योजनामा छौँ,’ उहाँले भन्नुभयो ‘जग्गा खरिद गर्दा र भवन निर्माणका लागि करिब पाँच करोड रुपैयाँ लाग्ने अनुमान गरेका छौँ, अब भवनको काम अगाडी बढ्छ, सहग जुट्दै जान्छ ।’

पार्टीले अहिलेसम्म विभिन्न व्यक्तिहरुबाट ३० लाख रुपैयाँ संकलन गरेको भन्दै आफूहरुको १० करोड उठाउने लक्ष्य रहेको सभापति शेरचन बताउनुहुन्छ । पाँच करोडभन्दा बढी भवन निर्माण गर्दा लाग्ने र अन्य पार्टीका विभिन्न कार्यहरुमा प्रयोग गर्ने बताउनुहुन्छ ।

‘धेरै साथीहरुले उत्साहजक रुपमा पार्टीको भवन निर्माणका लागि सहयोग गरि राख्नु भएको छ, अभियानको छोटो समयमै ३० लाख बढी रकम संकलन भएको छ,’ शेरचनले भन्नुभयो ‘हामीले १० करोड उठाउने लक्ष्य राखेका छौँ, पाँच करोड बढी जग्गा व्यवस्थापन र भवन निर्माणमा लाग्छ भने अन्य रकम पार्टीको विभिन्न कार्यहरुमा प्रयोग गर्ने छौँ ।’

१४ आना जग्गा मध्ये पार्टीको ९ देखि १० आनामा भवन बन्ने छ । भवन ६ तलाको बन्ने सभापति शेरचनले बताउनुभयो । उहाँ जग्गा एक महिना भित्र पास हुने भन्दै दुई वर्षमा पार्टी नयाँ कार्यालयमा सर्नेे बताउनुहुन्छ । अहिले बागलुङ नगरपालिका वडा नम्बर २ लोकतान्त्रिकचोक नजिकै घर भाडामा लिएर कार्यालय संचालन गर्दै आएको छ ।

कार्यालय संचालनका लागि पार्टीले मासिक २० हजार घर भाडा तिरी रहेको छ । अब बन्ने भवन सुविधा सम्पन्न बन्ने बताइएको छ । जसमा सभाहल लगायत विभिन्न किसिमका हलहरु निर्माण हुने कांग्रेस बागलुङले जनाएको छ ।

प्रकाशित मिति २०७८ माघ २७ गते बिहिबार ११:३६
प्रतिक्रिया दिनुहोस्