गलकोट नगरपालिकाको सुविधा सम्पन्न प्रशासकिय भवनको शिलन्यास

गलकोट नगरपालिकाको सुविधा सम्पन्न प्रशासकिय भवनको शिलन्यास
२०७८ माघ २९ गते शनिवार ०७:४७

गलकोट - बागलुङ जिल्लाको गलकोट नगरपालिकाको प्रशासकिय भवनको शिलन्यास गरिएको छ । शनिवार नगर प्रमुख भरत शर्मा गैरेले एक समारोहका विच सो भवनको शिलन्यास गर्नु भएको थियो। गलकोट नगरपालिका वडा नम्वर ६ मजुवाफाँटमा भवनको शिलन्यास गर्दै...

भवन निर्माणका लागि टेण्डरको तयारी

गलकोट – बागलुङ जिल्लाको गलकोट नगरपालिकाको प्रशासकिय भवनको शिलन्यास गरिएको छ । शनिवार नगर प्रमुख भरत शर्मा गैरेले एक समारोहका विच सो भवनको शिलन्यास गर्नु भएको थियो। गलकोट नगरपालिका वडा नम्वर ६ मजुवाफाँटमा भवनको शिलन्यास गर्दै नगरप्रमुख गैरेले नगरपालिकाले जग्गा व्यवस्थापन गर्नु आफैमा चुनौतीपुर्ण भएपनि सबैको सहमतिको आधारमा जग्गा व्यवस्थापन गरि भवनको शिलन्यास गरिएको बताउनभयो ।

गलकोट नगरपालिकाको प्रशासनिक भवन साढे ८ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको प्रशासकिय भवनको धार्मिक विधि अुनसार पुजापाठ गरि शिलन्यास गरिएको थियो । ५ तलाको सो भवनको कूल स्टीमेट करिब २७ करोड रहेको वडा अध्यक्ष विरजंग भण्डारीले जानकारी दिनु भयो । सो भवन निर्माणका लागि टेण्डरको तयारी भैरहेको जनाइएको छ ।

प्रकाशित मिति २०७८ माघ २९ गते शनिवार ०७:४७
प्रतिक्रिया दिनुहोस्