निसीखोला गाउँपालिकाको केन्द्रसँग सडकले जोडियो अर्नाकोट देउराली

निसीखोला गाउँपालिकाको केन्द्रसँग सडकले जोडियो अर्नाकोट देउराली

छविलाल पाण्डे

@समय नेपाल

२०७८ फाल्गुण ४ गते बुधबार ०८:२९

बुर्तिबाङ- बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाको केन्द्र देखि वडा नम्बर २ को अर्नाकोट देउरालीमा पहिलो पटक सडक संजालले जोडिएको छ । गाउँपालिकाको केन्द्र देखि भौगोलिक रुपले टाढा रहेको अर्नाकोटमा सडक सञ्जाल जोडिएपछि स्थानीयहरु...

बुर्तिबाङ- बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाको केन्द्र देखि वडा नम्बर २ को अर्नाकोट देउरालीमा पहिलो पटक सडक संजालले जोडिएको छ । गाउँपालिकाको केन्द्र देखि भौगोलिक रुपले टाढा रहेको अर्नाकोटमा सडक सञ्जाल जोडिएपछि स्थानीयहरु खुशी भएका छन् ।

अव स्थानियहरु छोटो समयमै सजिलै गाउँपालिकासम्म मोटर चढेर पुग्न सक्ने भएका छन् । ढोरपाटन नगरपालिका वडा नम्बर २ को बाटो हुँदै डेढ घण्टाको यात्रापछि पालिका पुग्नुपर्ने स्थानियहरुको बाध्यता समेत अब हटेको जनाईएको छ । गाउँपालिकाको गत वर्ष र यस वर्षको बजेटबाट अर्नाकोट देउरालीसम्म सिधा सडक सञ्जाल जोडिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले जानकारी दिनुभयो ।

स्थानियको मागलाई मध्यनजर गदैँ आफ्नै पालिकाको बाटोले जोडियो उहाँले भन्नुभयो ‘गाउँपालिका र हाम्रो गाउँ बिचको दुरी निकै टाढा थियो, सडक सञ्जाल जोडिएपछि अब यहाँका नागरिकलाई पालिकामा पुग्न र सहज रुपमा सेवा लिन पाउने भएका छन । दुई वर्षको प्रयासपछि बल्ल पालिकासंग सिधा सडक जोडिएको समेत जनाईएको छ ।

पहिले अर्नाकोट देउरालीका स्थानीय ढोरपाटन नगरपालिकाको वडा नम्बर २ को बाटो खल्वाङ, अर्नाकोट, तारीखेत हुँदै पालिका पुग्नु पर्ने बाध्यता थियो । उक्त सडकलाई अझै व्यवस्थित गरी बाह्रै महिना सवारी चल्न सक्नेगरी व्यवस्थापन हुनु पर्ने स्थानीयको माग छ । गाउँपालिकासँग सिधा सडक सञ्जाल नजोडिंदा निकै समस्या रहेको स्थानिय लालबहादुर कुवंरले बताउनुभयो ।

अर्नाकोट भेगका स्थानियहरुलाई कोहि बिरामी परेको खण्डमा अस्पतालसम्म पु¥याउन समेत निकै मुस्किल पर्ने गरेको कुवँरको भनाई छ । सडक जोडिन ुभन्दा पहिले पालिकामा प्रशासनिक कामका लागि पुग्न समेत असहज भएको भन्दै अब त्यो समस्या हटेर जाने उहाँले बताउनुभयो ।

निसीखोला गाउँपालिकाले गत वर्ष बजेट अभावका कारण बिचैमा रोकिएको सडक निर्माण यस वर्ष १३ लाख बजेट विनियोजन गरेर अर्नाकोट देउरालीसम्म सडक पु¥याएको निसीखोला गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले बताउनुभयो । पर्यटकीय हिसाबले संभावना बोकेको क्षेत्र अर्नाकोट देउराली विकासका पूर्वाधारले पछि परेको थियो । अब क्रमश स्वास्थ्य, शिक्षा, यातायात लगाएतका विकासले गति लिएको छ । सडक सञ्जाल जोडे पछि स्थानियहरुलाई समेत सहज हुने अध्यक्ष पौडेलले बताउनुभयो ।

प्रकाशित मिति २०७८ फाल्गुण ४ गते बुधबार ०८:२९
प्रतिक्रिया दिनुहोस्