दिनेश शर्मा – बागलुङ जिल्लाको बडिगाड गाउपालिका वडा न ७ को गोठान मा मोटरबाटो खन्ने क्रममा सुक्खा पहिरो जादा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
आज बिहान करिब साढे दस बजेको समयमा गोठान गाउँ नजिकै पधेरा भन्ने स्थान मा मोटरबाटो खन्दै गर्दा करिब ३० मिटर माथिबाट अचानक सुख्खा पहिरो खसेपछी नजिकै रहेका मोटर बाटो निर्माण समितीका पुर्ब अध्यक्ष ६० बर्षिय गोपिराम बि क को घटना स्थलमै मृत्यु भएको हो ।
मोटरबाटो निर्माण समिती का अध्यक्ष ३४ बर्षिय दुर्गा बिक र उनका भाइ ३८ बर्षिय डिल बहादुर बि क भने घाइते भएका छन् । घटना स्थल मा रहेका अन्य ब्यत्ति भने भागेर ज्यान जोगाउन सफल भएको स्थानिय भुमिराज पाइजाले जानकारी दिनुभयो ।
अहिले घटना स्थलतर्फ प्रहरी चौकी भिमगिठे बाट प्रहरी जाँदै छ भने घाइते लाई स्वास्थ्य संस्था तर्फ पठाउने तयारी भैरहेको छ। बडिगाड गाउपालिका वडा न ७ को दुर्गम बस्ती गोठानमा मोटरबाटो पुर्याउन का निमित्त बिगत केही बर्ष अगाडि देखि गाउपालिका बाट बजेट बिनियोजन भइ मोटरबाटो निर्माण भइरहेको थियो।










