बागलुङ स्थित बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे

बागलुङ स्थित बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे
२०७८ फाल्गुण १२ गते बिहिबार ०७:१०

लामो समयदेखि कालोपत्रेको पर्खाइमा रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे सार्थकता पाउन थालेको छ । धावन मार्ग कालोपत्रेसँगै जहाज चल्नेमा स्थानीयवासी आशावादी भएका छन् । विमानस्थल धावनमार्ग धमाधम कालोपत्र जारी छ । २०७७ फागुनमै...

लामो समयदेखि कालोपत्रेको पर्खाइमा रहेको बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे सार्थकता पाउन थालेको छ । धावन मार्ग कालोपत्रेसँगै जहाज चल्नेमा स्थानीयवासी आशावादी भएका छन् । विमानस्थल धावनमार्ग धमाधम कालोपत्र जारी छ । २०७७ फागुनमै कालोपत्र सम्पन्न गर्नुपर्ने काम पटक–पटक प्रभावित बन्दै आएको थियो । अहिलेसम्म ३० प्रतिशत काम सम्पन्न भइसकेको जनाइएको छ ।

यही फागुन १ गतेदेखि सुरु भएको विमानस्थल कालोपत्रेको काम फागुन मसान्तभित्रै सकिने छ । २०७७ फागुन महिनाभित्र विमानस्थलको ७०० मिटर लम्बाइ तथा ३० मिटर चौडाइ धावनमार्ग कालोपत्र गरी सक्ने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले काष्ठमण्डप उमा एण्ड कम्पनी जेभी, बल्खुसँग सात करोडमा ठेक्का सम्झौता गरेको थियो ।

विभिन्न समस्याका बाबजुत पनि विमानस्थलको धावनमार्गको कालोपत्रेले तीब्रता पाएको निर्माण कम्पनीका प्रतिनिधि बासु थापाले जानकारी दिनुभयो । कोरोना महामारी र वर्षाका कारण कालोपत्रेको काम पटक–पटक प्रभावित बनेपनि अहिले कालोपत्रे कामले तिब्रता पाएको उहाँले जानकारी दिनुभयो । धावनमार्गको कटिङ, नाली तथा तारबार एक वर्ष पहिलै सकिएर कालोपत्रेका लागि तयार भएको विमानस्थल अहिलेसम्म सडक र कोरोनाका कारण धानवनमार्गको ग्राभेल समेत भइसक्दा समेत सम्पन्न भइसकेको थियो ।

मौसम र प्रविधिले साथ दिएमा एक हप्तामै कालोपत्रेको काम सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर सत्यराम दुवालले जानकारी दिनुभयो । विमानस्थल कालोपत्रेको ठेक्का चैत्र मसान्त सम्म मात्रै रहेकोे प्राधिकरणले जनाएको छ । कालोपत्रे निर्माणसँगै विमानस्थलको काम सम्पन्न हुनेछ ।

प्रकाशित मिति २०७८ फाल्गुण १२ गते बिहिबार ०७:१०
प्रतिक्रिया दिनुहोस्