युक्रेन-रुस द्वन्द्व : पहिलो दिनमै यस्ता दृश्य (१० फोटो)

युक्रेन-रुस द्वन्द्व : पहिलो दिनमै यस्ता दृश्य (१० फोटो)
२०७८ फाल्गुण १२ गते बिहिबार ०७:१७

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गरेसँगै युक्रेनमाथी गोलाबारी सुरु भएको छ। रुसले युक्रेनमा गरेको सैन्य कारबाहीका क्रममा साता जनाको मृत्यु भएको छ। युक्रेनी...

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमाथि सैन्य आक्रमण शुरु गरिएको बिहीबार बिहान घोषणा गरेसँगै युक्रेनमाथी गोलाबारी सुरु भएको छ।

रुसले युक्रेनमा गरेको सैन्य कारबाहीका क्रममा साता जनाको मृत्यु भएको छ। युक्रेनी प्रहरीलाई उदृत गर्दै रुसले विस्फोटन गराएको बमका कारण सात जनाको ज्यान गएको बताएको बीबीसीले जनाएको छ।

राष्ट्रपति पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा आक्रमण केन्द्रित गरिएको र त्यो रसियाको आत्मरक्षाका लागि भएको दाबी गरेका छन्। यता युक्रेनका सैन्य कारबाही सुरु भएपछि राजधानी किफ छोड्नेको भीड बढेको पश्चिमा सञ्चारमाध्यमले जनाएका छन्। अमेरिका लगायत पश्चिमा राष्ट्रहरु रुसी कदम बिरुद्ध देखिएका छन्।

रुसले एक स्वतन्त्र मुलुकमाथि अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरी जबर्जस्ती युद्ध गरिरहेको जनाउँदै युक्रेनले रुसमाथि अन्तराष्ट्रिय जगतबाट कठोर नाकाबन्दी लगाउन आह्वान गरेको छ। राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग कुरा गर्दै आफूले सात औद्योगिक राष्ट्रहरूको समूह जी–७ का नेताहरूसँग बिहीबार बैठक गर्न लागेको र बैठकले रुस माथि कठोर प्रतिबन्धहरू लगाउने बताएका छन्।

युक्रेनमा रुसले आक्रमण थालेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य वृद्धि भएको छ। तेलको मूल्य सात वर्ष यताकै सबैभन्दा बढी पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघेको छ। एसियाली शेयर बजार पनि केही घटेको छ।

तस्वीर : एजेन्सीको सहयोगमा

प्रकाशित मिति २०७८ फाल्गुण १२ गते बिहिबार ०७:१७
प्रतिक्रिया दिनुहोस्