बुर्तिबाङ- बागलुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारमा नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र,राष्ट्रिय जनमोर्चा,क्रान्तिकारी माओवादी,नेकपा लगायतका पाटीहरुले शुक्रबार एम.सी.सी विरुद्ध बजार ¥याली सहित विरोधसभा गरेका छन् ।
राष्ट्रघाटी एम.सी.सी खारेज गरौ,देशभक्त नेपालीहरु एक होऔँ भन्ने नारा सहित बजार क्षेत्रमा विभिन्न नारा लगाएका थिए भने बुर्तिबाङ प्रशासन कार्यलय अगाडी बिरोधसभा गरिएको थियो । कुनै पनि हालतमा एम.सी.सी पास गर्न नहुने भन्दै काग्रेस र एमाले बाहेकका दलहरुले बिहिबार साझँ समेत जुलुस प्रर्दशन गरेका थिए ।
विरोध सभामा रा.ज.मो का केन्द्रिय सदस्य गौरिश्वर पाण्डे, नेकपा क्रान्तिकारी माओवादी केन्द्रका केन्द्रिय सदस्य निल बहादुर पुन, नेकपाका जिल्ला सचिव छम सेन,नेकपा माओवादी केन्द्रका ढोरपाटन नगर अपाध्यक्ष सुमित घर्ति लगायतका वक्ताहरुले एम.सी.सी बारे आफ्नो धारणा व्यक्त गरेका थिए ।
वक्ताहरुले यस परियोजनाकै कारण देश दोद्ध बढिरहेको भन्दै कुनै पनि हातलमा यो परियोजना पास गर्न नहुने बताएका थिए । केही दिनयता एमसिसी विरुद्धको आन्दोलन देशभर नै व्यापक रुपमा चलिरहेको छ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्र गलकोट नगर समिति र राष्ट्रिय जनमोर्चा गलकोट नगर समितिको संयुक्त बैठक गलकोटमा सम्पन्न भएको छ ।
बैठकले एम सि सि को विरुद्धमा आज शनिबार दिउसो १ बजे गलकोट नगरपालिका ३ हटियामा संयुक्त रुपमा विरोध सभा गर्ने निर्णय गरेको छ । बैठकले हिजो एक विज्ञप्ती प्रकाशन गर्दैै एम सि.सि को विरुद्धमा संयुक्त रुपमा आयोजना गरिएको विरोध कार्यक्रममा सहभागि हुनको लागि आग्रह समेत गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टि माओवादी केन्द्रका गलकोट नगर अध्यक्ष तिलक उप्रेती र राष्ट्रिय जनमोर्चा गलकोट नगर अध्यक्ष टंक केसीद्धारा संयुक्त रुपमा हस्ताक्षर गरिएको विज्ञप्तीमा राष्ट्रिय स्वधिनताको विषयमा संसदमा पेश गरिएको एम सि.सि प्रस्ताव खारेजीको लागि गलकोट स्थित देशभक्त राजनैतिक पार्टिहरुको तर्फबाट ऐक्यवद्धता जाहेर गर्दै बागलुङ जिल्ला गलकोट नगरपािलका स्तरिय राजनैतिक पार्टिहरुलाई सहभागिताका लागि अनुरोध गर्दैछौ उल्लेख गरिएको छ ।
प्रेस विज्ञप्ती सहित














