अब बागलुङमै माटो परिक्षण गरिने किसानलाई सहज

अब बागलुङमै माटो परिक्षण गरिने किसानलाई सहज
२०७८ फाल्गुण १४ गते शनिवार ०९:२२

बागलुङका किसानहरुले आफूले खेती गरिरहेको माटोको स्वच्छता परिक्षणका लागि पोखरा धाउनुपर्ने हुन्थ्यो । आफ्नो माटोको स्वस्थ्य थाहा पाउन आफ्नो खेती योग्य जमिनको माटो प्रयोगशालामा परिक्षण पश्चात मात्रै पत्ता लाग्दछ । त्यसैले अहिले...

बागलुङका किसानहरुले आफूले खेती गरिरहेको माटोको स्वच्छता परिक्षणका लागि पोखरा धाउनुपर्ने हुन्थ्यो । आफ्नो माटोको स्वस्थ्य थाहा पाउन आफ्नो खेती योग्य जमिनको माटो प्रयोगशालामा परिक्षण पश्चात मात्रै पत्ता लाग्दछ ।

त्यसैले अहिले किसानहरु माटो परिक्षण गरेर मात्रै कुन खेती उपयुक्त हुन्छ भनेर योजना बनाउछन् तर बिडम्बना जिल्लामा अहिले सम्म माटो परिक्षण प्रयोगशाला थिएन । फ्याट्ट फुट्ट स्थानीय तहले पोखराबाट प्राविधिक बोलाएर माटो परिक्षण शिविर आयेजना मात्रै गर्ने गरिएकोमा अब बागलुङमै नियमित माटो परिक्षण गर्न प्रयोगशाला स्थापना गरिएको छ ।

कृषि उपजलाई बढाउदै माटोको अवस्था अनुसारको उत्पादन गर्न र माटोको उपचार गर्नका लागि माटोको परिक्षण गर्न बागलुङ नगररपालिकाले हालै माटो परिक्षण प्रयोगशाला स्थापना गरिएको छ ।
कृषिमा आधुनिकरण, किसानको हितको लागि, माटोमा समस्या समाधान देखिएको, उब्जाउ घट्दै गएको, माटोको परिक्षण र उपचार गर्नका लागि बागलुङ नगरपालिकाको कृषि शाखामा माटो परिक्षण प्रयोगशाला स्थापना गरिएको बागलुङ नगरपालिकाको कृषि शाखा प्रमुख राहुल केसीले जानकारी दिनुभयो ।

“प्रयोगशालाले माटोमा रहेको १६ सुक्ष्म तत्वको अध्ययन गर्छ, त्यसको मात्राका आधारमा किसानले खेतीका लागि मलको प्रयोग गर्नुपर्ने हुन्छ, माटोमा आवश्यक खाद्य तत्वको विषयमा पत्ता लाग्छ” केसीले भन्नुभयो “विशेषगरी माटोको आवश्यकता अनुसारमा मल प्रयोग गर्ने जस्कारण उब्जानीमा वृद्धि हुन्छ, कुन माटोमा कुन खेती हुन्छ भनेर किसानलाई सल्लाह सुझाव दिनका लागि माटोको परिक्षण गर्न प्रयोगशाला स्थापना गरिएको हो ।”

केसीका अनुसार बागलुङ नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ को रु. तीन लाख ५० हजार बजेटबाट प्रयोगशालाको सामाग्री खरिद गरेर प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । प्रयोगशाला जिल्लामै पहिलोपटक स्थापना गरेको नगरपालिकाको भनाई रहेको छ । विशेषगरी माटोको अम्लिय, झारीय र तटष्टीय बढी परिक्षण गरिनेछ ।

यस अघि पोखराबाट माटो परिक्षण गर्दै आएकोमा अहलिे नगरपालिकामै माटो परिक्षण गनृ पाउना निकै खुसी लागेकार अनावश्यक खर्च समेत कटौती भएको बागलुङ नगरपालिका–१० स्थित आलुपकेट क्षेत्रका किसान मनोज शर्बुजा थापाले बताउनुभयो ।

माटोको परिक्षण बिनै तरकारी तथा फलफूल खेती गर्दा किसानलाई ठूलो नोक्सानी हुने र नोक्सानी हुनबाट जोगाउन माटोपरिक्षण र उपचार नै प्रमुख कुरा रहने किसान थापाले जानकारी दिनुभयो । फागुन १० गतेबाट माटोको परिक्षण गर्न थालिएको र जस्का लागि प्राविधिकहरुले माटो परिक्षणको तालिम लिइसकेको बागलुङ नगरपालिकाले जनाएको छ ।

माटोको परिक्षण पश्चात कुन मल कती मात्रामा प्रयोग गर्दा स्वचछ कृषि उपज उत्पादन हन्छ भनेर किसानलाई जानकारी दिने र माटोमा खराबी देखिए उपचार विधि समेत सिकाइनेछ । अहिले माटोमा आउने विधिन्न समस्याका कारण कृषि उत्पादनमा ह्रास आउन थालेपछि बागलुङमै माटो परिक्षणको व्यवस्था गर्नका लागि प्रयोगशाला स्थापना गरिएको बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

“हचुवाको भरमा तरकारी खेती र फलफूल खेती गर्दा समस्या हुन्छ, कुम माटोमा के उब्जाउ गर्दा राम्रो हुन्छ, माटोको स्वास्थ्य कस्तो छ लगायतको कुरा अब नगरपालिकाको कृषि शाखाबाटै हुन्छ” नगर प्रमुख पौडेलले भन्नुभयो “सानो लागतमा स्थापना हुँने प्रयोगशाला जिल्लामै नभएको मैले जानकारी पाएपछि नगरपालिकाको कृषि शाखालाई बजेट व्यवस्थापन गरेर प्रयोगशाला स्थापना भएको छ, अब किसानलाई जिल्लामै माटो परिक्षण गर्दा सहज हुँनेछ ।”

माटोको खाद्यय तत्व, अम्लिय पन र माटोको समस्याका विषयमा माटोको परिक्षण पश्चात मात्रै पत्ता लाग्ने भएकाले अहिले माटोपरिक्षण प्रयोगशालाको निकै महत्व छ । बागलुङको कृषि ज्ञान केन्द्रमा समेत माटो परिक्षणकोे व्यवस्था नहुँदा किसानलाई माटो परिक्षणका लागि पोखरा धाउनुपर्ने बाध्यता बागलुङ नगरपालिकाको कृषि शाखामा स्थापना गरिएको माटो प्रयोशाला शिबिर संगै हेटर गएको छ । अहिले दैनिक १० जना किसानको माटो परिक्षण नगरपालिकाको कृषि शाखा बाटै हुँदै आएको छ ।

ढोरपाटन न्युज

प्रकाशित मिति २०७८ फाल्गुण १४ गते शनिवार ०९:२२
प्रतिक्रिया दिनुहोस्