बागलुङ- तत्कालिन एमालेका नेता गोबिन्द अधिकारी बागलुङको बिहुकोट हुँदै गलकोट ताराखोला जाने क्रममा निधन भएको थियो। सोही ठाउँ बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ५ बिहुकोट सृपालिमा अहिले स्वर्गीय गोबिन्द अधिकारी स्मृति पार्क निर्माण गरिएको छ ।
जुन केही समय अघि प्रदेश केन्द्र सरकारको बजेट मार्फत सुरुवाती काम भएको थियो । अहिले यहाँ मन्दिर,पोखरी,पानी टंकी,सौचालय लगायतका पुर्बाधार बनिसकेको छ । यसलाई बृहत योजना बनाएर अझै बिकास गर्नुपर्ने स्थानीय दिबश कंडेलले बताउनुभयो ।
हिमशृङखलाको अवलोकन सहित शान्त वातावरण भएको यस स्थानमा हिउँ पर्ने समयमा हप्ता दिन सम्म पनि हिउँ हुन्छ । यहाँ बाट दर्जनौ हिम शृङ्खला देख्न पाइन्छ भने पिकनिक लगायतका कार्यको लागि समेत यो क्षेत्र उत्कृष्ट हुने कंडेलको भनाई छ ।
केही आन्तरिक पर्यटक आउने गरेता पनी यस ठाउँको प्रचार प्रसार हुन भने सकेको छैन् । यो ठाउँमा पुग्न मध्यपहाडी लोकमार्ग हुँदै बाग्लुङ बजार बाट बिहुकोट रिजाल्चोक हुँदै ताराखोला जाने बाटो तर्फ करिब १० मिनेटको समयमा सवारी साधनमा पुग्न सकिन्छ ।











