माओवादी केन्द्रको ढोरपाटन नगरले चुनावी अभियान अन्तरगत वडा नम्बर ३ र ६ मा कार्यक्रम

माओवादी केन्द्रको ढोरपाटन नगरले चुनावी अभियान अन्तरगत वडा नम्बर ३ र ६ मा कार्यक्रम
२०७८ फाल्गुण १९ गते बिहिबार ०८:११

नेकपा (माओवादी केन्द्र) ढोरपाटन नगरसमितिले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रत्येक वडामा चुनावी अभियान संचालन गरेको छ । नगरको सबै वडाको प्रत्येक गाउँ र टोलसम्म पुग्ने गरी उक्त अभियान संचालन गरिएकोे नगर समितिका अध्यक्ष...

नेकपा (माओवादी केन्द्र) ढोरपाटन नगरसमितिले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर प्रत्येक वडामा चुनावी अभियान संचालन गरेको छ । नगरको सबै वडाको प्रत्येक गाउँ र टोलसम्म पुग्ने गरी उक्त अभियान संचालन गरिएकोे नगर समितिका अध्यक्ष भिम गौतमले जानकारी दिनुभयो ।

अभियानमा जनता,नेता, कार्यकर्ता र पार्टीको शुभचिन्तकहरुको राय,सुझाव र सल्लाहलाई नगर पार्टीले उच्च प्राथमिकतामा राख्ने गौतमको भनाई छ । मंगलबार वडा नम्बर ३ पुर्कोटमा कार्यक्रम गरिएको थियो भने बुधबार वडा नम्बर ६ मा कार्यक्रम गरिएको जनाईएको छ ।

वडा नम्बर ३ मा माओवादी केन्द्रका वडा अध्यक्ष लिल बहादुर पुनको अध्यक्षता रहेको थियो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशका सदस्य चन्द्र अर्याल, नगर समितिका अध्यक्ष भिम गौतम,माओवादी केन्द्र जिल्ला संम्मवनय समितिका संयोजक कुलपति सापकोटा, माओवादी केन्द्र गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधि गोपाल महत,हेमेन्द्र घर्तिमगर लगायतको स्थानियहरुको सहभागिता,वडा सचिव खिम बहादुर पुनको सञ्चालनमा सम्पन्र्न भएको थियो ।

भेलाले हेमेन्द्र घर्तिमगरको संयोजकत्वमा १ सय १ सदस्य निवाचन पहिचालन समिति गठन गरेको थियो । यस्तै वडा नम्बर ६ मा बुधबार माओवादी केन्द्र गण्डकी प्रदेश महाधिवेशन प्रतिनिधि तेजिन्द्र थापाको संयोजकत्वमा १ सय १ सदस्य निवाचन पहिचालन समिति गठन गरिएको जनाईएको छ ।

प्रकाशित मिति २०७८ फाल्गुण १९ गते बिहिबार ०८:११
प्रतिक्रिया दिनुहोस्