बागलुङ- नेकपा एमाले बागलुङले आज पत्रकार सम्मेलन गरी आइतबार बसेको दोस्रो पूर्ण बैंकको निर्णय सार्वजनिक गरेको छ । बैठको निर्णय सार्वजनिक गर्दै नेकपा एमाले बागलुङले एमाले प्रतिको जनलहर देखेर अन्य दलहरु एक्लै चुनावमा जान डराएको बताउदै एमाले एक्ले चुनावमा जान सक्षम भइसकेको प्रमाणित भइसकेको बताएको छ ।
नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीद्वारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा एमालेले चैत २४ गते वडा र २७ गते पालिकाको उम्मेदवार टुङ्गो गाउने र लगाउन नसके अनिवार्य एक महिला सहित तीन जनाको नाम सिफारिस गर्ने भएको छ ।
नेकपा एमाले बागलुङको दोस्रो पूर्ण बैठकले पार्टी केन्द्रको निर्देशन अनुसार चैत २४ गते सबै वडा र चैत २७ गते पालिका स्तरमा बैठक बसी सर्वसम्मत रुपमा उमेद्वार चयन गर्ने र सर्वसम्मत हुन नसकेको खण्डमा १ जना अनिवार्य महिला सहित ३ जना सम्भावित उमेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
पत्रकार सम्मेलनमा पत्रकारको जिज्ञासाको जवाफ दिदै नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले एमालेप्रति जनताको भरोसा देखेर एक्लै चुनावमा जान डराएकाले गठबन्धनको प्रचार गरिएको बताउनुभयो । एमालेको क्रेज देखेर गठबन्ध समेत तनावमा परेको उहाँको भनाई छ ।
“कम्युनिष्टको अभिभावक भएका कारण अघिल्लो निर्वाचनमा आफ्नो हैसियत भन्दा खुम्चिएर गठबन्ध गरेका थियौं, त्यही पनी कम्युनिष्ट संग” केसीले भन्नुभयो “यो पाँच वर्षमा एमालेको संगठनमा उल्लेख्य वृद्धि भएको गठबन्धनधारी नेताहरुले समेत थाहा पाए, एक्लो एमाले संग लड्न पाँच दल एक हुनुले एमालेको तागत पुष्टी ग¥यो ।” उहाँले विचार र सिद्दान्त मिल्ने संग मात्रै तालमेल गरेर जाने संभावना रहेको बताउदै बागलुङमा केन्द्रीय गठबन्ध लादेर मात्रै नहुँने र जनताको मनोभावना नबुझ्दा गठबन्धमा समस्या आउने जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा नेकपा एमालेका सचिव विष्णु भूषालले बैठकले आसन्न स्थानीय तहको निर्वाचन लक्षित पार्टी अध्यक्ष हिराबहादुर केसीको संयोजकत्वमा ५५५५ सदस्यीय मुल निर्वाचन परिचालन कमिटि, सचिव विष्णु भुसालको संयोजक र सबै पालिकाका अध्यक्ष सम्मिलित प्रतिबद्धतापत्र तयार समिति, प्रचार विभाग प्रमुख चन्द्र गणेशको संयोजकत्वमा ५०१ सदस्यीय प्रचार–प्रसार उपसमिति गठन गरेको जानकारी गराउनुभएको थियो ।
पत्रकार सम्मेलन नेकपा एमालेका अध्यक्ष हिरा बहादुर केसीको अध्यक्षता तथा एमाले प्रचार प्रसार विभाग प्रमुख चन्द्र गणेशको सञ्चालनमा सम्पन्न भएको छ ।










