स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगे बागलुङका ठूला राजनैतिक दलहरुले चुनावी प्रचार प्रसारलाई तिब्रता दिएका छन् ।
बागलुङमा सत्तारुण दल नेपाली कांग्रेसले घरदैलालाई तिब्रता दिएको छ । यस्तै नेकपा एमाले तथा माओवादी केन्द्रलले गाउँमा आमभेला तथा कोणसभामा केन्द्रित भएको छ । नेपाली कांग्रेसले अहिले घरदौलो कार्यक्रमलाई अन्तिम चरणमा पु¥याएको नेपाली कांग्रेस बागलुङका सभापती जीत शेरचनले बताउनुभयो । उसभापतीले घरदैलो कार्यक्रम सकेपछि उम्मेदवारी छनौटमा लाग्ने शेरचनको भनाई छ । “घर घर जाऔं कांग्रेसलाई जिताऔं भन्ने हाम्रो नारा अनुसार घरदैलो कार्यक्रम अीनतम चरण्मा पुगेको छ” शेरचनले भन्नुभयो “उम्मेदवारी सिफरिसमा छलफल भइरहेको छ, अब लगत्तै दोस्रो चरणको गाउा केन्द्रित अभियान सञ्चालनको मसेत तयारीमा छौं, अब कांग्रेस आम सभामा केन्द्रित हुँनेछ ।”
यस्तै पमुख प्रतिपक्ष दल नेकपा एमालेले दोस्रो चरणको निर्वाचन कार्यक्रमलाई तिब्रता दिएको छ । एमालेले जनभेटघाटलाई सकेर कोणसभा गर्नतर्फ लागेको छ । नेकपा एमालेले निर्वाचन कार्यक्रम अन्र्तगत टोल सम्म पहिलो चरणको निर्वाचन केन्द्रित अभियान सकेको नेकपा एमाले बागलुङका प्रचार विभाग प्रमुख चन्द्र प्रकाश शर्माले बताउनुभयो ।
“पहिलो चरणको घरदैलो, कोणसभा तथा जनभेटघाट सकिएको छ, दोस्रो चरणको चुनाव केन्द्रित अभियानको विषयमा पुन जिल्ला कमिटि बैठक बस्ने तयारीमा छ, बैठकको निर्णय पछि पुन एमाले गाउँ पर्कनेछ ।” पौडेलका अनुसार केन्द्रिय कमिटि जिल्ला, प्रदेश कमिटि पालिका र जिल्ला कमिटि वडामा केन्द्रित हुँने मापदण्ड बनाएर अगाडी बढ्ने एमालेको रणनीति रहेको छ ।
यस्तै नेकपा माओवादी केन्द्र बागलुङले समेत निर्वाचन केन्द्रित गतिविधिलाई तिव्रता दिएको छ । माओवादी केन्द्रले कोणसभालाई केन्द्रित गर्दै अगाढी बढेको नेपा माओवादी केन्द्र बागलुङ नगर कमिटि सचिव राजु खड्काले बताउनुभयो । यस्तै बागलुङमा राम्रो प्रभाव रहेको राष्ट्रिय जनमोचाले समयते चुनावी अभियानलाई तिब्रता दिएको छ । बागलुङमा ठूला साना गरी जिल्ला निर्वाचन कार्यालयमा १९ दल दर्ता रहेका छन् ।
आदर्श अनलाइन










