बागलुङको ढोरपाटन नगरपालिकामा गठबन्धन भर्सेस एमाले : चुनाव रोचक बन्ने निश्चित

बागलुङको ढोरपाटन नगरपालिकामा  गठबन्धन  भर्सेस एमाले : चुनाव रोचक बन्ने निश्चित
२०७८ चैत २८ गते सोमबार ०६:४३

बागलुङ - सत्ता गठबन्धनका दलहरु बिचमा चुनावी तालमेल भए नेकपा एमालेको नेतृत्वमा रहेको बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा आगामी स्थानिय तहको निर्वाचनमा एमालेले पराजय भोग्ने निश्चित छ । २०७४ सालमा सम्पन्न निर्वाचनको मतपरिणाम हेर्ने...

बागलुङ – सत्ता गठबन्धनका दलहरु बिचमा चुनावी तालमेल भए नेकपा एमालेको नेतृत्वमा रहेको बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकामा आगामी स्थानिय तहको निर्वाचनमा एमालेले पराजय भोग्ने निश्चित छ । २०७४ सालमा सम्पन्न निर्वाचनको मतपरिणाम हेर्ने हो भने एमाले पहिलो दलका रुपमा देखिएपनि गठबन्धनका दलहरु बिच चुनावी तालमेल भए तत्कालिन चुनावमा एमालेले प्राप्त गरेको मत भन्दा हाल गठबन्धनमा रहेका दलहरुसंग रहेको मत धेरै हुन आउँने देखिन्छ ।

२०७४ सालमा नेकपा एमालेका उमेद्वार देव कुमार नेपालीले २६९२ मत प्राप्त गर्दै विजयी भएका थिए भने नेपाली कांग्रेसका उमेद्वार अर्जुन शेरचनले १९४६ मत प्राप्त गरेका थिए । गठबन्धनमा रहेका दलहरुले प्राप्त गरेको तत्कालिन समयको मत एकिकृत गर्ने हो भने, नेपालीको भन्दा झण्डै दोब्बरले बढि ४९८२ हुन्छ । हाल एमालेबाट विभाजित भएर बनेको नेकपा एकिकृत समाजवादी समेत गठबन्धनमा संगै रहेकाले एमालेको मत बाँडिने सम्भवना प्रवल छ ।

तथापी परिस्थिती पहिलेको जस्तो नभएपनि विगतको अवस्था हेर्ने हो भने र सत्ता गठबन्धनमा रहेका दलहरु चुनावी तालमेल गरेर गए यसपाली ठुलो पार्टी भनिएको एमालेले पराजय भोग्ने निश्चित जस्तै देखिन्छ। तर, एमाले नेता हालका मेयर देवकुमार नेपालीको बलियो प्रभाव रहेको सो क्षेत्रमा उनि बाहेकका अन्य उमेद्वारलाई बाजि मार्न भने सकस नै पर्ने देखिन्छ । केहि समय अन्य पाटीबाट एमालेमा पाटी प्रवेश गर्ने लहर नै चलाएका नेपाली आफ्नो पाटीले यो पटक पनि बाजी मार्नेमा धुक्क रहेको बताउछन् । पश्चिम बागलुङमा यस पटकको निर्वाचन पनि निकै रोचक बन्ने निश्चित नै देखिन्छ ।

यता  ढोरपाटन नगरपालिकामा ५ दलीय गठबन्धनको बैठक सम्पन्न भएको छ । बैठकले आगामी बैशाख ३० गतेको स्थानीय तह निर्वाचनलाई परिणाममुखी बनाउने गरी निरन्तर छलफल र तयारीमा लागेका गठबन्धनका नेताहरु थप जिम्मेवार र सक्रियताका साथ अगाडी बढ्ने र निर्वाचन लक्षित कार्यक्रमलाई अगाडी बढाउने निर्णय गरेको छ ।

आइतबार बसेको बैठकले ढोरपाटन नगरपालिकामा भइरहेको विकृति र अतिवादका विरुद्धमा ५ वटै दल एक ढिक्का भएर अगाडी बढ्ने,बैशाख ५ गते युवा तथा नेता कार्यक्रतालाई निर्वाचन मुलक प्रशिक्षण दिने, जिल्लालाई चाँडो उमेद्वार टुङ्ग्याउन दबाद दिँदै ढोरपाटन नगरपालिकामा जिल्लाले फरक निर्णय गरे पनि यहाँका गठबन्धमा आवद्ध दलहरु कुनै भागबन्डाको आशा नराखी आफ्नो जिम्मेवारीलाई आत्मबोध गर्दै अगाडी बढ्ने निर्णय गरे नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य एवं ढोरपाटन नगर इन्चार्ज चन्द्रलाल अर्यालले बताउनुभयो ।

गठबन्धनको बैठक र छलफल जारी रहेको छ । कार्यक्रतालाई थप सक्रिय बनाउँदै जिम्मेवार बनाउने र प्रत्येक वडा वडामा सक्रिय पूर्वक निर्वाचनमुखी कार्यक्रम सञ्चालन गर्ने गरी प्रशिक्षण मुलक कार्यक्रम गर्ने, दवाब र प्रभावमा पारी पार्टी प्रवेश गराउनेका विरुद्धमा शसक्त भएर अगाडी बढ्ने लगाएतका विषयमा निर्णय भएको छ अर्याले बताउनुभयो । केहि दिनमै उमेद्वारको टुङ्गो लगाउने गरी आन्तरीक तयारी समेत भइरहेको नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य अर्जुन शेरचनले बताउनुभयो ।

कार्यक्रमकै अवसरमा राष्ट्रिय जनमोर्चाका केन्द्रीय प्रशिक्षक दुर्गानाथ खरेलले शासक भएर काम गर्दै आइरहेका छोटे राजालाई हटाउनका लागि स्वार्थ नराखी गठबन्धन चुनावी अभियानमा होमीन सुझाव दिनुभयो । जनताको माझमा सचेतना अभियानसहित चुनावी कार्यक्रममा लाग्नु पर्ने उहाँको भनाई  थियो ।

प्रकाशित मिति २०७८ चैत २८ गते सोमबार ०६:४३
प्रतिक्रिया दिनुहोस्