बागलुङबाट घुस लिँदै गर्दा प्रहरी पक्राउ

बागलुङबाट घुस लिँदै गर्दा प्रहरी पक्राउ
२०७९ बैशाख ७ गते बुधबार ०७:४४

बागलुङबाट घुस लिँदै गर्दा प्रहरी पक्राउ परेका छन् । गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायव निरीक्षक रुपनारायण महतोलाई घुस लिँदै गर्दा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना...


बागलुङबाट घुस लिँदै गर्दा प्रहरी पक्राउ परेका छन् । गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायव निरीक्षक रुपनारायण महतोलाई घुस लिँदै गर्दा नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सूचना अधिकारी देवी प्रसाद थपलियाले जानकारी दिनुभयो ।

महतोले सेवा ग्राहीबाट ३८ हजार रुपैयाँ लिँदै गर्दा नियन्त्रणमा लिएको थपलियाको भनाई छ । महतो बागलुङ नगरपालिका वडा नम्बर २ विपद् व्यवस्थापन गुल्मको कार्यालय नजिकैबाट मंगलबार साँझ ६ बजे पक्राउ परेको सूचना अधिकारी थपलियाले बताउनुभयो ।

पक्राउ परेका महतो लेनदेन केस मिलाई दिने भन्दै सेवा ग्राहरीसँग घुस माग गरेका आधारमा अख्तियार दुरुपयो अनुसन्धान आयोगकाको कार्यालय पोखरा खटि गएको टोलीलाई नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

डम्मर बुढा मगर, बागलुङ

प्रकाशित मिति २०७९ बैशाख ७ गते बुधबार ०७:४४
प्रतिक्रिया दिनुहोस्