बुर्तिबाङ- भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चत गर्नु राजनीतिक दलको मुख्य जिम्मेबारी रहेको ढोरपाटन नगरपालिकाका मुख्य निर्वाचन अधिकृत लालसिह थापाले बताउनुभयो । शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङमा थापाले निर्वाचनका लागि शान्तिपूर्ण वातावरण तयार गरेर जनताको अधिकार रक्षा गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
‘स्थानीय तह जनतासँग प्रत्यक्ष जोडिने निकाय हो,‘सबैको साथ र सहयोगबाट यो सम्भव रहेको उहाँको भनाई थियो । आउँदो वैशाख ३० गते हुने स्थानिय तहको निवार्चन बारे जानकारी दिन शुक्रबार जिल्लाको ढोरपाटन नगरपालिका १ बुर्तिबाङमा कार्यक्रमको आयोजना गरिएको थियो । यहाँका राजनैतिक दलका नेता,पत्रकार लगायतको सहभागिता रहेको उक्त कार्यक्रममा,चुनाव र उमेद्वारले गर्नुपर्ने कार्यबारे जानकारी गराईएको थियो । स्थानीय तहको निर्वाचनमा उमेद्वार बन्नका लागि जनप्रतिनिधिले पदबाट ११ गते सम्म राजीना दिनुपर्ने सहायक निवार्चन अधिकृत ऋषिराम रिजालले बताउनुभयो ।
यहि बैशाख ११ र १२ गते विहान १० बजेदेखी साझँ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । पालिका चुनावको लागि भोलि र पर्सि मनोनयन दर्ता भएकाले दलहरु उम्मेदवार छनोटको अन्तिम तयारीमा जुटेका छन् ।










