राष्ट्रिय जनमोर्चाका भण्डारीद्धारा बागलुङको ढोरपाटन नगरको मेयरमा स्वतन्त्र उमेदवारी दर्ता

राष्ट्रिय जनमोर्चाका भण्डारीद्धारा बागलुङको ढोरपाटन नगरको मेयरमा स्वतन्त्र उमेदवारी दर्ता
२०७९ बैशाख १२ गते सोमबार ०६:१५

बागलुङको  ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चाका वडा कमिटि अध्यक्ष दलबहादुर भण्डारीले स्वतन्त्र उमेदवनारी दर्ता गराएका छन् । पार्टिको गतिविधि हुकुमी शैली भएको र कार्यकर्ताको भावना भन्दा नेताको स्वार्थले गतिविधि गरेको भन्दै...

बागलुङको  ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चाका वडा कमिटि अध्यक्ष दलबहादुर भण्डारीले स्वतन्त्र उमेदवनारी दर्ता गराएका छन् । पार्टिको गतिविधि हुकुमी शैली भएको र कार्यकर्ताको भावना भन्दा नेताको स्वार्थले गतिविधि गरेको भन्दै अवदेखि स्वतन्त्र नागरिकका हैसियतमा रहने गरि आफुले नगरमा प्रमुख पदमा उमेद्वारी दिएको बताए ।
नगरको वर्तमान गतिविधि समेत मन नपराएका भण्डारीले गठबन्धन बाट समेत राम्रो उमेद्वार नआएको प्रति थप गुनासो गरे । ढोरपाटनमा राष्ट्रिय जनमोर्चा बलियो शक्ति हो तर नेताहरुको हुकुमी पाराले पार्टि ध्वस्त बनाएको भन्दै यसखालको गतिविधिबाट टाढा रहन र नगरका नागरिकसँग अभिमतका आलागि आफूले उदेद्वारी दिएको उनले बताए ।

प्रकाशित मिति २०७९ बैशाख १२ गते सोमबार ०६:१५
प्रतिक्रिया दिनुहोस्