बैशाख ३० गते हुने स्थानीय तहका निर्वाचनमा पाँच दलीय गठबन्धनका तर्फबाट ढोरपाटन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका चन्द्रलाल अर्याल प्रमुखमा र काँग्रेसका कल्याण कायत उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् ।
गठबन्धनबाट नेकपा...

गठबन्धनबाट नेकपा माओवादी केन्द्रलाई ढोरपाटनको प्रमुखमा जिम्मेवारी आएपछि पार्टि कार्यकर्ता र सुभचिन्तक सहितको जुलुस बुर्तिबाङ बजार परिक्रमा गरेको छ । गठबन्धनका तर्फबाट सेट उमेदवारहरुको तयारी भइरहेका बेला माओवादी केन्द्र ढोरपाटन नगरले ¥याली सुरु गरेको थियो ।
नेपाली काँग्रेस उपप्रमुख सहित केही वडा अध्यक्ष लिदै छ भने राष्ट्रिय जनमोर्चा वडामा मात्र सिमित भएर चित्त बुझाउने भएको छ ढोरपाटनमा तेस्रो शक्तिको रुपमा रहेको जनमोर्चाभित्र आन्तरिक समस्याका कारण एक टोली भने एमाले सित तालमेल गरेर चुनावी मैदानमा उत्रेको हो ।