ढोरपाटन नगरपालिकामा दुई उम्मेदवार विरुद्ध परेकाे उजुरी बदर

ढोरपाटन नगरपालिकामा दुई उम्मेदवार विरुद्ध परेकाे उजुरी बदर

छविलाल पाण्डे

@समय नेपाल

२०७९ बैशाख १६ गते शुक्रबार १२:१६

बुर्तिबाङ : ढोरपाटन नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराइएका दुई जनाको विरुद्ध उजुरी परेको थियो । जसको आज छलफल गरि टुङ्याइएको छ । गठबन्धनको तर्फदेखि नेपाली काँग्रेसबाट उपमेयरका उम्मेदवारी दिएका धनबहादुर...

बुर्तिबाङ : ढोरपाटन नगरपालिकामा स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराइएका दुई जनाको विरुद्ध उजुरी परेको थियो । जसको आज छलफल गरि टुङ्याइएको छ । गठबन्धनको तर्फदेखि नेपाली काँग्रेसबाट उपमेयरका उम्मेदवारी दिएका धनबहादुर कायत र नेकपा एमालेको चुनाव चिन्ह लिएर ढोरपाटन ४ मा राजमो विद्रोह पक्षबाट वडा अध्यक्षमा उठेका तिलक पुन विरुद्ध उजुरी परेको थियो ।

निर्वाचन अधिकृत लालसिँह थापाका अनुसार उपप्रमुखका उमेदवार कायतलाई विपक्षी उम्मेदवारले उजुरी दिनु पर्नेमा अन्यले उजुरी दिएका कारण विषय वस्तुमा प्रवेश नगरी उजुरी खारेज गरिएको थियो । कायतका विरुद्ध दुई वटा नागरिकता रहेको भन्ने भनी उजुरी परेको थियो । कायतले आफुसंग हाल दुई वटा नागरिकता नभएको स्पस्ट पारिसकेका छन् । ढोरपाटन नगरपालिका वडा नम्बर ४ मा गठबन्धनको तर्फदेखि वडा अध्यक्षका उम्मेदवारले तिलक पुनमाथी ज्यान मार्ने उद्योगको सर्वोच्चमा मुद्धा रहेको भनी उम्मेदवारी गर्न आग्रहसहितको उजुरी परेको थियो ।

उचित छानविन पश्चात तिलक पुनको सर्वोच्चमा मुद्धा रहे पनि हालसम्म दोषि नठहरीएका कारण मुद्धा हुँदै गर्दा दोषिनै ठहराउन नमिल्ने भएका कारण उक्त उजुरी समेत रद्ध भएपछी तिलक पुनले समेत निर्वाचन लड्न पाउने व्यवस्था रहेको निर्वाचन अधिकृत थापाले बताए ।

प्रकाशित मिति २०७९ बैशाख १६ गते शुक्रबार १२:१६
प्रतिक्रिया दिनुहोस्