आधिकारीक उम्मेदवारको पक्षमा उभिन स्वतन्त्र उम्मेदवारलाई बागलुङ काँग्रेसको दुई दिनको समय

आधिकारीक उम्मेदवारको पक्षमा उभिन स्वतन्त्र उम्मेदवारलाई बागलुङ काँग्रेसको दुई दिनको समय
२०७९ बैशाख २३ गते शुक्रबार ०७:५२

नेपाली काँग्रेस बागलुङले जिल्लाका विभीन्न स्थानमा स्वतन्त्र तथा बागी उम्मेदवारी दिएका कार्यकर्तालाई दुई दिन भित्र आफ्नो उम्मेदवार फिर्ता लिई आधिकारी उम्मेदवारको पक्षमा उभिन आग्रह गरेको छ । नेपाली काँग्रेस बागलुङका पार्टी...

नेपाली काँग्रेस बागलुङले जिल्लाका विभीन्न स्थानमा स्वतन्त्र तथा बागी उम्मेदवारी दिएका कार्यकर्तालाई दुई दिन भित्र आफ्नो उम्मेदवार फिर्ता लिई आधिकारी उम्मेदवारको पक्षमा उभिन आग्रह गरेको छ ।

नेपाली काँग्रेस बागलुङका पार्टी सभापति जीतबहादुर शेरचनले बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै दुई दिन भित्र आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता गरेर पाँच दलीय गठबन्धनको आधिकारीक उम्मेदवारलाई सघाउन आग्रह गरेका हुन् ।

तोकिएको समय भित्र उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता स्वतन्त्र उम्मेदवारको प्रस्तावक, समर्थक र सहयोगी समेतको पार्टी सदस्य नेपाली काँग्रेसको विधान २०१७ संशोधन सहित धारा ४(१३) ग बमोजिम स्वतः समाप्त भई पार्टीबाट निस्कासित हुने विज्ञप्तीमा उल्लेख छ ।

congressss.JPG

प्रकाशित मिति २०७९ बैशाख २३ गते शुक्रबार ०७:५२
प्रतिक्रिया दिनुहोस्