निसीखोला गाउँपालिकामा गठबन्धन र एमालेबीच टक्कर

निसीखोला गाउँपालिकामा गठबन्धन र एमालेबीच टक्कर
२०७९ बैशाख ३१ गते शनिवार ०९:३२

निसीखोला गाउँपालिकामा पाँच दलीय गठबन्धन र नेकपा एमालेका उमेद्वारबीच टक्कर देखिएको छ । वडा नं. १ बाट मतगणना सुरुहुँदा अहिलेसम्म ४०० मत गनिएकोमा नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उमेद्वार भूमिराज घर्तिमगरले पाँच दलीय...

निसीखोला गाउँपालिकामा पाँच दलीय गठबन्धन र नेकपा एमालेका उमेद्वारबीच टक्कर देखिएको छ । वडा नं. १ बाट मतगणना सुरुहुँदा अहिलेसम्म ४०० मत गनिएकोमा नेकपा एमालेका तर्फबाट गाउँपालिका अध्यक्ष पदका उमेद्वार भूमिराज घर्तिमगरले पाँच दलीय गठबन्धनका उमेद्वारलाई पछ्याइरहेका छन् ।
गठबन्धनकाबाट अध्यक्ष पदका उमेदवारले १ सय ८४ मत ल्याउँदा एमालेका उमेदवारले १ सय ५४ मत ल्याएका छन् । एमाले गठबन्धन भन्दा ३० गतले पछि छ ।
यस्तै गठबन्धनका उपाध्यक्ष पदका उमेदवारले १ सय ७४ मत ल्याएका छन् भने एमाले उपाध्यक्ष पदका उमेदवारले १ सय ५९ मत ल्याएका छन् । गठबन्धनभन्दा एमालेका उमेदवारको मत १५ मतले पछि रहेको देखिन्छ ।
यस्तै गठबन्धनका तर्फबाट वडा नं. १ मा वडा अध्यक्ष पदका उमेदवारले, १९१ मत ल्याएका छन् । एमालेका तर्फबाट वडा अध्यक्षमा उमेदवारले १७३ मत ल्याएका छन् । वडा अध्यक्षमा समेत १८ मतको अन्तर रहेको देखिन्छ ।

प्रकाशित मिति २०७९ बैशाख ३१ गते शनिवार ०९:३२
प्रतिक्रिया दिनुहोस्