ढोरपाटन नगरपालिकामा पाँच दलिय गठबन्धन र एमाले कार्यकर्ताबीच गएराति भएको झडपका कारण यहाँको मतगणना प्रभावित भएको छ । मत गणनामा कति प्रतिनिरध रहने भन्ने सामान्य विषयमा दुबै पक्षको बुझाइमा समानता हुन नसकेपछि विषय उत्तेजित बनेको हो ।
आपसमा विवाद भइरहेकोबेला दुवै पक्षका समर्थकहरु एकाएक हुलहुज्जतमा उत्रिएपछि झडपको स्थिति पैदा भएको थियो । दुई पक्ष बीच झडप हुँदा मतगणना प्रभावित बनेको छ । झडपमा दुई जना घाइते भएकाछन् । जस मध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ ।
झडपमा ढोरपाटन नगरपालिका वडा नम्बर ९ का २६ वर्षीय भिमबहादुर विकलाई आजै हेलिद्धारा पोखरा पुरयाइएको छ । अर्का घाइते वडा नम्बर १ का ४० वर्षीय खिमबहाखुर विकको अवस्था सामान्य रहेको बताइएको छ । घाइते भिमबहादुरको अवस्था गम्भीर भएकाले उनलाई हेलीकप्टर मार्फट फोखराको मणिपाल अस्पतालमा रिफर गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजेश कुमार शर्मा अधिकारीले जानकारी दिए ।
शुक्रबार राति १२ बजे दुई गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ता बीच झडपहुँदा गठबन्धनका कार्यकर्ताले देवकुमार नेपालीको घरमा समेत तोडफोड गरेका छन् ।
निर्वाचन कार्यालय ढोरपाटनका निर्वाचन अधिकृत लालसिंह थापाले सर्व दलीय बैठक राखेर तत्तकाल मत गणना गरिने जानाकारी दिए । शुक्रबार ढोरपाटनको सबै मतदान स्थलमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन भएको थियो । ११ मतदान स्थल र २४ मतदान केन्द्र रहेको ढोरपाटनमा १२ हजार १ सय मत खसेको थियो ।










