गलकोट १ मा जनमोर्चाका लाल राना विजयी

गलकोट १ मा जनमोर्चाका लाल राना विजयी
२०७९ बैशाख ३१ गते शनिवार ०४:५३

गलकोट नगरपालिका वडा नं. १ मा पाँच दलीय गठबन्धनको तर्फबाट वडाध्यक्षका साझा उम्मेदवार तथा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि लाल बहादुर राना १ हजार १ सय ६ मतले विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम बहादुर...

गलकोट नगरपालिका वडा नं. १ मा पाँच दलीय गठबन्धनको तर्फबाट वडाध्यक्षका साझा उम्मेदवार तथा राष्ट्रिय जनमोर्चाका प्रतिनिधि लाल बहादुर राना १ हजार १ सय ६ मतले विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदम बहादुर कार्कीले ३ सय ७५ मत प्राप्त गर्नुभयो ।

वडा अध्यक्षमा रानासँगै गठबन्धन प्यानलबाटै खुल्ला महिला सदस्यमा धना खत्री, दलित महिला सदस्यमा चित्राकुमारी सुनार, खुल्ला सदस्यमा पूर्ण बहादुर खत्री र भीम बहादुर थापा विजयी हुनुभएको छ ।

प्रकाशित मिति २०७९ बैशाख ३१ गते शनिवार ०४:५३
प्रतिक्रिया दिनुहोस्