कृषि ज्ञान केन्द्रको तीन दिने कृषि सम्बन्धी शीपविकास तालिम बुर्तिबाङमा

कृषि ज्ञान केन्द्रको तीन दिने कृषि सम्बन्धी शीपविकास तालिम बुर्तिबाङमा
२०७९ जेठ १४ गते शनिवार ०६:२९

गरिवी निवारणका लागि अति विपन्न वर्गकालागि तीन दिने शीप विकास तालिम सुरु भएको छ । कार्यक्रम उद्घाटनमा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले किसानलाई उत्पादनमा जोड्ने गरि कार्यक्रम ल्याउने बताउनुभयो । कृषि ज्ञान केन्द्र...

गरिवी निवारणका लागि अति विपन्न वर्गकालागि तीन दिने शीप विकास तालिम सुरु भएको छ ।
कार्यक्रम उद्घाटनमा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले किसानलाई उत्पादनमा जोड्ने गरि कार्यक्रम ल्याउने बताउनुभयो । कृषि ज्ञान केन्द्र बागलुङले बुर्तिबाङमा सुरु गरेको तीन दिने शीप विकास तालिम उद्घाटन कार्यक्रममा नेपालीले यस्तो बताउनुभएको हो ।
नागरिकलाई उत्पादनसँग जोड्नगरि नीति कार्यक्रम र बजेट निर्धारण गर्नु अहिलेको प्रमुख लक्ष्य रहेको छ । त्यसका लागि शीप विकास अपरिहार्य रहेकाले यस्ता तालिममा सिकेका शीपलाई अनिवार्य व्यवहारमा लागु गर्न समेत तालिमका सहभागीलाई नेपालीले आग्रह गर्नुभयोे । ‘समय प्रविधियुक्त भएको छ । प्रविधिको प्रयोग गरि राज्यका सेवा सुविधा र कार्यक्रममा जोडिदै उत्पादनमा जान सबैको चासो र चिन्ता हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
नगर प्रमुख नेपालीले, राज्यको सेवा सुविधा मात्र सबथोक होईन । पहिलो कुरा आफैले केही गर्नुपर्दछ भन्ने सोंचको विकास र शीप, तालिम हो । त्यसकारण यसखालको तालिमलाई व्यवहारमा उतार्न सक्नुपर्नेमा जोड दिनुभएको थियो । राज्यका विभिन्न निकायले कृषि उपज उत्पादनमा जोडदिने कार्यक्रम ल्याएको छ । त्यसबाट फाईदा लिन पहिला आफै तयार हुनुपर्ने नेपालीको सबैलाई आग्रह गर्नुभयो ।
पछिल्लो समय सबै कुरा राज्यले दिन्छ र गरौंला भन्ने सोंच र चिन्तनको कारण उत्पादनमा भनेजति प्रगति नभएको बताउँदै नेपालीले राज्यपनि एक सहजकर्ता हुनु सक्ला तर सबै होइन । यसमा नागरिकले बुझ्न जरुरी रहेको बताउनुभयो ।
कृषि ज्ञान केन्द्र, स्थानीय सरकार र स्थानीय कृषकहरुको साझा कार्यक्रमबाट उत्पादनमा बृद्धि गर्ने योजना सहितका कार्यक्रमहरु नगरले ल्याउने उहाँको प्रतिवद्धता थियो ।
भूमि व्यवस्था कृषि सहकारी तथा गरिवि निवारण मन्त्रालय, कृषि विकास निर्देशनालय पोखरा र कृषि ज्ञान केन्द्रको आयोजनामा ढोरपाटन नगरपालिकाको वडा नं. ८, निसीखोला गाउँपालिकाको वडा नं. ४ र गलकोट नगरपालिका वडा नं. ७ का ४० जना कृषकहरुलाई सो शीप विकास तालिक दिन थालिएको हो ।
अति विपन्न परिवारको जिविकोपार्नजका लागि आयोजना गरिएको तीन दिने तालिम पछि निसीखोलाको थापागाउँ, गलकोटको सिरुवारी र ढोरपाटनको बिजौरेमा १०÷१० जना किसानलाई सामुहिक उत्पादनमूखी ५/५ लाखको कृषि उत्पादन योजना सुरुहुने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो ।

प्रकाशित मिति २०७९ जेठ १४ गते शनिवार ०६:२९
प्रतिक्रिया दिनुहोस्