३९० ग्राम गाँजा पुलिसको हातमा

३९० ग्राम गाँजा पुलिसको हातमा
२०७९ असार ५ गते आईतबार ०७:४८

जिल्ला प्रहरी कार्यालय बागलुङले ३९० ग्राम गाँजाको धुलो सहित दुई जनालाई पक्राउ गरेको छ । गाँजाको धुलो सहित पक्राउ पर्नेमा चितवन जिल्ला खैरहनी नगरपालिका वडा नं.६ स्थायी वतन भई हाल बागलुङ नगरपालिका वडा नं. २ श्रीनगरटोल बस्ने बर्ष...

जिल्ला प्रहरी कार्यालय बागलुङले ३९० ग्राम गाँजाको धुलो सहित दुई जनालाई पक्राउ गरेको छ ।

गाँजाको धुलो सहित पक्राउ पर्नेमा चितवन जिल्ला खैरहनी नगरपालिका वडा नं.६ स्थायी वतन भई हाल बागलुङ नगरपालिका वडा नं. २ श्रीनगरटोल बस्ने बर्ष २३ को समिर अन्सारी र जिल्ला बागलुङ काठेखोला गापा वडा नं. ४ तंग्राम बस्ने बर्ष २२ को राजु थापाले रहनुभएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले बताए ।
बागलुङ बजारको एक रेष्टुराँमा लागु औषधको कारोबार भइरहेको भन्ने जानकारीका आधारमा प्रहरीले उनीहरुलाई गाँजाको धूलो सहित हात पारेको हो ।

प्रकाशित मिति २०७९ असार ५ गते आईतबार ०७:४८
प्रतिक्रिया दिनुहोस्