भाँगोको कुरा किन उठेन निसीखोलाको नीति कायक्रममा

भाँगोको कुरा किन उठेन निसीखोलाको नीति कायक्रममा
२०७९ असार ११ गते शनिवार ०८:२६

प्रहरीको नगरमा निसीखोलाको निसी र भत्कोत भाँगो वा गाँजा उत्पादनको पकेट क्षेत्र भन्दै तारगेटमा पर्दछ । त्यहँका स्थानीयदेखि आसपासका मान्छेहरु भाँगोबाट बन्ने गाँजा, चरेश, अत्तर र धूलो सहित समातिएका खबर अधिक देखिन्छन् । तर स्थानीय...

प्रहरीको नगरमा निसीखोलाको निसी र भत्कोत भाँगो वा गाँजा उत्पादनको पकेट क्षेत्र भन्दै तारगेटमा पर्दछ । त्यहँका स्थानीयदेखि आसपासका मान्छेहरु भाँगोबाट बन्ने गाँजा, चरेश, अत्तर र धूलो सहित समातिएका खबर अधिक देखिन्छन् । तर स्थानीय सरकारले त्यसलाई रोक्ने कि उत्पादन व्यवस्थापन गर्ने के नीति ल्याउने भन्नेमा मौन देखियो ।
कुनै बेला गाँजाको धूलो सहित प्रहरीको फन्दामा पर्ने वर्तमान गाउँपालिका अध्यक्ष समेत छन् । घरबाटै रंगेहात समातेको प्रहरीले लागुऔषध मुद्धा चलायो । निसीका धेरै मान्छेहरु समय समयमा लागुऔषध ओसार पसार तथा बेचविखनमा परेका छन् , कति अझै मुद्धा खेपिरहेका छन् ।
स्थानीय सरकारले त्यसको व्यवस्थापनमा नीति बनाएर जान सक्नु पर्दथ्यो । नागरिकलाई लागुऔषध होइन, अचार खाने भाँगो उत्पादन र ब्राण्डिङमा जोड्ने कार्यक्रमक ल्याउँन सक्नु पर्दथ्यो । तर त्यो भएन ।
बडिगाड गाउँपालिका लगाएत छिमेकबी अरु पालिकाले लोकल रक्सी र भाँगो उत्पादन तथा ब्राण्डिङको नीतिगत व्यवस्थापान गरिरहँदा जिल्लाकै अधिक उत्पादन हुने क्षेृत्र निसीखोलाले त्यसमा ठोस निर्णय लिन नसक्नु त्यहाँका स्थानीयका लागि उपयुक्त निर्णय होईन ।
बागलुङमा निसीखोला र ताराखोला गाउँपालिका गाँजा उत्पादन हुने क्षनेत्र हो भनेर प्रहरी प्रशासनको आँखामा परेको क्षेत्र हो । त्यसकारण पनि स्थानीय पालिकाहरुले त्यसको व्यवस्थापनमा नीति अनाउन आवश्यक हुनेछ ।

प्रकाशित मिति २०७९ असार ११ गते शनिवार ०८:२६
प्रतिक्रिया दिनुहोस्