ढोरपाटन नगरपालिकाको बजेट ५१ करोड

ढोरपाटन नगरपालिकाको बजेट ५१ करोड
२०७९ असार ११ गते शनिवार ११:१६

बागलुङको ढोरपाटन नगरपालिकाले ५१ करोड ४० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आगामि आर्थिक वर्ष २०७९/०८० को नगर उपप्रमुख धनबहादुर कायतले उक्त बजेट प्रस्तुत गरेका हुन् । बजेटमा कृषि, पर्यटन, स्वास्थ्य शिक्षा, रोजगार लगायतका विषयलाई...

बागलुङको ढोरपाटन नगरपालिकाले ५१ करोड ४० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आगामि आर्थिक वर्ष २०७९/०८० को नगर उपप्रमुख धनबहादुर कायतले उक्त बजेट प्रस्तुत गरेका हुन् । बजेटमा कृषि, पर्यटन, स्वास्थ्य शिक्षा, रोजगार लगायतका विषयलाई जोड दिएको छ । सडकको सहज पहुँच, एकघर एक खानोपानी धारा निर्माण गरी खानेपानीको पहुँचलाई विस्तार गर्ने, गरीबी अन्त्य गर्न रोजगार मुलक तथा सिपमुलक र उत्पादनमुखि कार्यक्रमलाई प्राथमिकता दिइने उल्लेख छ । ढोरपाटनले शुक्रबारनै नीति तथा कार्यक्रम पनि प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति २०७९ असार ११ गते शनिवार ११:१६
प्रतिक्रिया दिनुहोस्