पोखरा असोज ७/ पोखरा महानगरपालिका वडा नम्बर १३ को वडा कार्यलयमा नगद २ लाख सहितको झोला फेला परेको छ ।
सोमबार वडा कार्यालयको भवन भित्र कोठा नं. १ वडा सचिव अन्जु गुरुङको कार्यालयको सोफामा खैरो रंगको पछाडी भिर्ने झोला अपरिचित व्याक्तिले छाडी गए पछि प्रहरीमा खबर भएको थियो ।
तत पश्चात वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलिले सुरक्षित साथ वडा सदस्यको रोहबरमा खोली हेर्दा निम्न अनुसारको नगद तथा जिन्सि सामानहरु फेला परेको थियो ।उक्त सामान वडा प्रहरी कार्यालय रामबजारमा ल्याई राखिएको, उक्त सामान कोही कसैको हुनसक्ने हुँदा प्रमाण लाग्ने कागजात सहित वडा प्रहरी कार्यालय रामबजारमा सम्पर्क गर्नुहुन प्रहरीले अनुरोध गरेको छ ।
प्रकाशित मिति २०८१ असोज ७ गते सोमबार ०९:३७