स्कुल पढ्न हिडेका दाजुभाइ पोखराबाट बेपत्ता भएका छन्। बुधबार बिहान पढ्न भनेर घरबाट हिडेका पोखरा महानगरपालिका वडा नम्बर १० रामबजारस्थित कालिका माविमा अध्ययनरत आठ वर्षीय दिप्सन सुनार र सात वर्षीय दिप सुनार बेपत्ता भएका हुन्।
दिप्सन सोही स्कुलको कक्षा १ मा र दिप एलकेजीमा अध्ययनरत छन्। बिहान १० बजे स्कुल गएको र स्कुल छुट्टी भए पछि पनि घर नफर्किए पछि इस्टमित्र , आफन्त सबैतिर सोधीखोजी गर्दा पनि उनीहरु बारे कहीं कतै नपाईएको उनीहरुका बुबा पोखरा १० बीरेन्द्रचोकका दिलबहादुर सुनारले बताए।
स्कुल पोशाकमै रहेकै उनीहरुलाई कोहि कसैले देखेमा नजिकको प्रहरी वा मोबाइल नम्बर ९७०४२८८९६० मा खबर गरिदिन बुबा दिलबहादुर सुनारले अनुरोध गरेका छन्।
प्रकाशित मिति २०८१ मङ्सिर ७ गते शुक्रबार ०२:१९