रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
२०८१ मङ्सिर ९ गते आईतबार ०६:३९

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । उनीमाथि पोखराको सुदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

उनीमाथि पोखराको सुदर्शन सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोपमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।

आइतबार अदालतले हिरासतमा राखेर अनुसन्धान गर्न थप समय दिएको हो । यसअघि कार्तिक २५ मा उनलाई १३ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको थियो ।

सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार सकिएको थियो ।

रविलाई जिल्ला अदालत कास्कीमा आइतबार पाचौं पटक उपस्थित गराएको हो । अब काठमाडौंमा लगेर रविबारे अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम काठमाडौंस्थित गोर्खा मिडिया प्रालिमा प्रयोग गरेर अपचलन गरेको आरोप रविमाथि छ ।

प्रकाशित मिति २०८१ मङ्सिर ९ गते आईतबार ०६:३९
प्रतिक्रिया दिनुहोस्