पोखरा महानगरपालिकाको वडा नम्बर ३१ बेगनास गैह्राघरमा धारिलो हतियार देखाएर लुटपाट गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
गैह्राघरस्थित ७९ वर्षीय वेदुनाथ अधिकारीको घरमा धारिलो हतियार देखाएर लुटपाट गर्ने समूहका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहरुमा तनहुँको रिसिंङ गाउँपालिका वडा नं. २ काहुँशिवपुर स्थायी घर भई हाल पोखरा १५ रामबजार बस्ने वर्ष ३७ को मोहन भन्ने मधु सिंङ थापा मगर, बाग्लुङको बाङ्गादोबान गाउपालिका वडा नम्बर ३ तमान स्थायी घर भई हाल पोखरा लेकसाईड बस्ने वर्ष ३८ को प्रकाश थापा र रोल्पाको थवाङ गाउन्पालिका वडा नं. ३ स्थायी घर भई हाल पोखरा ५ मालेपाटन बस्ने वर्ष ३२ को गोपाल नेपाली रहेको प्राह्रीले जानकारी दिएको छ।
अभियुक्तहरु समेतका व्यक्तिहरुले गएको मंस्सिर २४ गते मध्यराती अधिकारीको घरमा धारिलो हतियार सहित गएर लुटपाट गरेको प्रहरीले आरोप लगाएको छ।
अभियुक्तहरुले त्यस राती अधिकारीकी श्रीमतीलाई कुटपिट तथा लछारपछार गरेर उनले लगाएको सुनका गरगहना औंठी १ थान र कानमा लगाएका रिङ २ थान चोरी गरी भागेको प्रहरीको जिकिर छ।
उक्त लुटपाट पश्चात भाएगेका तीनै जनालाई पटक – पटक गरेर बिभिन्न स्थानमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीका प्रमुख डिएसपी श्रवनकुमार बिकले जानकारी दिए।
दुई वटा धारिलो हतियार खुकुरी सहित पक्राउ परेका तीनै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया










