सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
२०८१ पुस ८ गते सोमबार १२:०७

आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा दुईसय रुपैयाँ बढेको हो। गतसाता सुनको मूल्य लगातार घटेको थियो। हिजो सुनको मूल्य तोलामा ११ सय रुपैयाँ बढेको थियो। आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठसय रुपैयाँ कायम...

आज पनि सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा दुईसय रुपैयाँ बढेको हो।

गतसाता सुनको मूल्य लगातार घटेको थियो। हिजो सुनको मूल्य तोलामा ११ सय रुपैयाँ बढेको थियो।

आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार आठसय रुपैयाँ कायम भएको छ। हिजो सुनको मूल्य एक लाख ४९ हजार ६ सय रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ बढेको छ। हिजो एक हजार सातसय ९० रुपैयाँ रहेको चाँदीको मूल्य आज एक हजार सातसय ९५ रुपैयाँ कायम भएको छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

प्रकाशित मिति २०८१ पुस ८ गते सोमबार १२:०७
प्रतिक्रिया दिनुहोस्