आफ्नै भाइ बुहारीको हत्याका आरोपी १६ वर्षपछि पक्राउ

आफ्नै भाइ बुहारीको हत्याका आरोपी १६ वर्षपछि पक्राउ
२०८१ पुस २० गते शनिवार ०२:४१

रौतहटस्थित आफ्नै भाइ बुहारीको हत्याका आरोपी १६ वर्षपछि पक्राउ परेका छन् । बुहारीका हत्याका आरोपी कटहरिया नगरपालिका-१ का ५२ वर्षीय जितन महतोलाई १६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सह- प्रवक्ता इन्स्पेक्टर...

रौतहटस्थित आफ्नै भाइ बुहारीको हत्याका आरोपी १६ वर्षपछि पक्राउ परेका छन् ।

बुहारीका हत्याका आरोपी कटहरिया नगरपालिका-१ का ५२ वर्षीय जितन महतोलाई १६ वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सह- प्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादले बताएका छन्।

पक्राउ परेका आरोपी जितनलाई जिल्ला अदालत गौरबाट म्याद थप गराइ थप अनुसन्धान भइरहेको इन्स्पेक्टर उमाशंकरले जानकारी दिएका छन्।

महतोले २०६५ साल पुस २४ गते आफ्नै भाइ हरिराम महतोको श्रीमती २२ वर्षीया शारदा देवीको हत्या गरी शव बेपत्ता पारेर फरार भएका थिए।

घटनाको अनुसन्धान गर्दै जाँदा हत्या गरिएको ३ दिन पछि पुस २७ गते खेतमा गाडेको अवस्थामा प्रहरीले शारदाको शव फेला परेको थियो ।

घटना भए देखिनै फरार महतोलाई खोज तलास गर्दै शुक्रबार पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।

जिल्ला प्रहरी रौतहटका प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा प्रहरीले सञ्चालन गरेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत सयौंजना अभियुक्त पक्राऊ परेका छन्।

प्रकाशित मिति २०८१ पुस २० गते शनिवार ०२:४१
प्रतिक्रिया दिनुहोस्