पोखरामा कांग्रेसको पार्टी कार्यालय अगाडी भयो झडप, गगन थापाले सहकारी पिडितलाई भेट्न चाहेनन् : भिडियोसहित

पोखरामा कांग्रेसको पार्टी कार्यालय अगाडी भयो झडप, गगन थापाले सहकारी पिडितलाई भेट्न चाहेनन् : भिडियोसहित
२०८१ पुस २१ गते आईतबार ०४:२२

पोखरा ।  दुई दिने राजनीतिक भेटघाटका लागि पोखरा आएका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी पिडितहरुले भेट्न इन्कार गरेका छन्। नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा आज दिनभर राजनीतिक भेटघाट गर्नमा ब्यस्त...

पोखरा ।  दुई दिने राजनीतिक भेटघाटका लागि पोखरा आएका नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सहकारी पिडितहरुले भेट्न इन्कार गरेका छन्।

नेपाली कांग्रेस कास्कीको पार्टी कार्यालयमा आज दिनभर राजनीतिक भेटघाट गर्नमा ब्यस्त रहेका महामन्त्री थापाले सहकारी पिडित संघर्ष समिति कास्कीका संयोजक एबम हालका सुर्यदर्शन सहकारी संचालक समितिका अध्यक्ष किरण श्रेष्ठ लगायतका सहकारी पिडितलाई भेट्न इन्कार गरेका हुन्।

महामन्त्री थापाले भेट्न इन्कार गरे पछि सुर्यदर्शन सहकारी संचालक समितिका अध्यक्ष किरण श्रेष्ठ थापालाई नभेटि फर्किए। सहकारी सम्बन्धि मुद्दा अदालतमा चलिरहेकाकारण सहकारी मुद्दासंग सम्बन्धित पक्षलाई महामन्त्री थापाले भेट्न इन्कार गरेको समाचार स्रोतहरुले जानकारी दिएका छन्।

यता रबि लामिछानेबिरुद्ध यथेष्ट प्रमाण छ भनेर संसदमा बोलेका महामन्त्री थापासंग प्रमाण खोज्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित पिडितहरुसंग नेपाली कांग्रेस कास्कीको अगाडी सहकारी पिडितहरुको केहि बेर हात हालाहाल भएको थियो।

 

प्रकाशित मिति २०८१ पुस २१ गते आईतबार ०४:२२
प्रतिक्रिया दिनुहोस्