नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको अध्यक्षमा दिननाथ बराल चयन भएका छन्। शनिबार पोखरामा सम्पन्न प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको छैठौं अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो।
उक्त नयाँ कार्यसमितिमा उपाध्यक्ष (खुल्ला)मा पुष्पराज दाहाल, उपाध्यक्ष (महिला)मा शोभा बराल, सचिवमा सरोज अधिकारी, सहसचिवमा अर्जुन हिताङ र प्रतिमा अधिकारी, कोषाध्यक्षमा खगेन्द्र प्रसाद अर्याल चयन भएको बताइएको छ। यसै गरी उक्त नयाँ कार्यसमितिको सदस्यहरुमा कोपिला सुनार, अल्चना श्रेष्ठ, बलराम तिमिल्सिना, श्रीकान्त अधिकारी, सागर गिरी, राजेन्द्र नेपाली, रमेश पोख्रेल, कविता घर्तीमगर र प्रकाश बराल रहेका छन्।
त्यसै गरी केन्द्रिय परिषद सदस्यमा कृष्ण दवाडी, सिद्धान्त शाही (रणबहादुर),पदम रेग्मी, नारायण शाही ठकुरी, सन्तोष नेपाली र श्यामसुन्दर पराजुली(राज)तथा प्रदेश परिषद सदस्यमा श्रीभद्र पौडेल, शुरेसराज अधिकारी, हेमराज अधिकारी, फडिन्द्र अधिकारी, राम्जी प्रसाद आचार्य, मिनाकुमारी थापा, सन्देस श्रेष्ठ, रबिनाथ दाहाल, लक्ष्मी सुनार, राजकुमार घिमिरे, चिरन्जिवी पौडेल (उत्तम), सविना राना, लिलानाथ आचार्य र कृष्णमाया पोखरेल (शान्ति) चयन भएको प्राप्त समाचारमा जनाइएको छ।
उक्त अधिबेशनको पूर्व उपप्रधानमन्त्री एबम नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उद्घाटन गरेका थिए।










