माछालाई दाना दिने क्रममा हिमालपारिको जिल्ला मुस्ताङस्थित पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । थासाङ गाउँपालिका—२ लार्जुङका ६३ वर्षीय पूर्णप्रसाद गौचन आफ्नै घर अगाडीको माछा पोखरीमा डुबेर शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलले दिएको जानकारी अनुसार , घटनाको सूचनापछि प्रहरी चौकी कोवाङबाट प्रहरी सहायक निरीक्षक डिलबहादुर भण्डारीको कमाण्डमा चार जनाको प्रहरी टोली त्यहाँ पुगेको थियो ।
माछा पोखरी पूर्णप्रसाद गौचनकै रहेको र माछालाई दाना दिन जाने क्रममा चिप्लिएर मृत्यु भएको हुनसक्ने प्रहरीको आँकलन छ । घटनाबारे्मा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
प्रकाशित मिति २०८१ पुस २८ गते आईतबार ०८:४०