माछालाई दाना दिने क्रममा मुस्ताङस्थित माछापोखरीमा डुबेर एक व्यक्तिको मृत्यु

माछालाई दाना दिने क्रममा मुस्ताङस्थित माछापोखरीमा डुबेर एक व्यक्तिको मृत्यु
२०८१ पुस २८ गते आईतबार ०८:४०

माछालाई दाना दिने क्रममा हिमालपारिको जिल्ला मुस्ताङस्थित पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । थासाङ गाउँपालिका—२ लार्जुङका ६३ वर्षीय पूर्णप्रसाद गौचन आफ्नै घर अगाडीको माछा पोखरीमा डुबेर शनिबार मृत्यु भएको जिल्ला प्रहरी...

माछालाई दाना दिने क्रममा हिमालपारिको जिल्ला मुस्ताङस्थित पोखरीमा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । थासाङ गाउँपालिका—२ लार्जुङका ६३ वर्षीय पूर्णप्रसाद गौचन आफ्नै घर अगाडीको माछा पोखरीमा डुबेर शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलले दिएको जानकारी अनुसार , घटनाको सूचनापछि प्रहरी चौकी कोवाङबाट प्रहरी सहायक निरीक्षक डिलबहादुर भण्डारीको कमाण्डमा चार जनाको प्रहरी टोली त्यहाँ पुगेको थियो ।

माछा पोखरी पूर्णप्रसाद गौचनकै रहेको र माछालाई दाना दिन जाने क्रममा चिप्लिएर मृत्यु भएको हुनसक्ने प्रहरीको आँकलन छ । घटनाबारे्मा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रकाशित मिति २०८१ पुस २८ गते आईतबार ०८:४०
प्रतिक्रिया दिनुहोस्