पोखरा माघ १/ पोखरामा हाइजेन प्याक्स नेपाल झापा द्धारा उत्पादित मानिया इनर्जी ड्रिङ्ग पिउदा स्याङजाको वालिङ घर भएका उमेश खडका र पर्बतको फलेवास घर भई हाल बिजयपुर ब्यारेकमा कारर्यरत अमिर जिसीले टिभि प्राप्त गरेका छन् । उनिहरुले ३२ इन्चको एलइडि टेलिभिजन जित्न सफल भएको कम्पनीले जनाएको छ । उपहार बिजेताहरुले मानिया इनर्जी ड्रिङ्ग पुल अप क्याप अन्तरगर्तको कार्यक्रम मार्फत टेलिभिजन जित्न सफल भएका हुन् ।
टेलिभिजन जित्न सफल दुबैजनालाई पोखरमा एक कार्यक्रमको आयोजना गरि गण्डकी प्रदेशका क्षेत्रीय बिक्रि प्रबन्धक गोपाल सापकोटा,लेखनाथ एरिका बिक्रेता महाशिला सप्लार्यसका बिष्णु शर्मा,दाई टेर्डस पोखराका खड्क बहादुर रानाभाट लगाएतको सहभागितामा टेलिभिजन हस्तान्तरण गरिएको हो ।बितरण कार्यक्रममा बोल्दै प्रवन्धक सापकोटाले उक्त ड्रिङ्ग पिउदा टेलिभिजन,बाईक,टिर्सट लगाएतका बिभिन्न उपहारहरु प्राप्त गर्न सकिने बताए ।
कम्पनीले यस अगाडि दमौली,पोखरा,लेखनाथ लगाएतका क्षेत्रमा पनि ड्रिङ्गस पिउदा उपहार पर्नेहरुलाई टेलिभिजन बितरण गरेको थियो ।
कम्पनी अन्तरर्गत मानिया जुस,मानिया इनर्जी ड्रिङ्गस, मानिया बदाम जुस,इभिल इनर्जी ड्रिङ्गस लगाएतका बिभिन्न पेय पदार्थ उत्पादन गर्दै आइरहेको भने निकट भविष्यमा लिचि जुस,निम्बु जस्ता उपत्पादन हुन लागेको क्षेत्रीय बिक्रि प्रबन्धक गोपाल सापकोटाले जानकारी दिए ।











