तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

तनहुँमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
२०८१ माघ ८ गते मङ्गलबार १२:१८

तनहुँको बेलभन्ज्याङमा आज बिहानै भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ। दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा आज बिहान करीब आठ...

तनहुँको बेलभन्ज्याङमा आज बिहानै भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएका दुवै जनाको सनाखत भएको छ।

दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा आज बिहान करीब आठ बजेतिर दुर्घटनाग्रस्त हुँदा मृत्यु भएका दुवै जनाको सनाखत भएको हो।

उक्त दुर्घटनामा परेर तनहुँको ऋषिङ गाउँपालिका–६ चालिसे घर भई हाल व्यास नगरपालिका–५ पाटन बस्ने १९ वर्षीय सन्दिप आले र ४० वर्षीया मधुमाया आलेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

अत्यधिक बाक्लो हुस्सु लागेको र सोही कारण बाटो नदेख्दा मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रतिक्रिया

प्रकाशित मिति २०८१ माघ ८ गते मङ्गलबार १२:१८
प्रतिक्रिया दिनुहोस्