रुपन्देहीमा लामिछानेको थुनछेक बहस शुक्रबार पनि चल्ने, रविलाई पत्नी निकीताकै जिम्मामा पठाइयो

रुपन्देहीमा लामिछानेको थुनछेक बहस शुक्रबार पनि चल्ने, रविलाई पत्नी निकीताकै जिम्मामा पठाइयो
२०८१ माघ १० गते बिहिबार ०५:४०

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहस बिहीबार पुरा नभएपछि पत्नी निकीताकै...

बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहस बिहीबार पुरा नभएपछि पत्नी निकीताकै जिम्मा लगाएर पठाइएको छ। थुनछेक बहस नसकिएपछि लामिछानेलाई अदालतले हाजिरजमानीमा छाडेर शुक्रबार उपस्थित हुन आदेश दिएको छ।

बिहीवारबाट थुनछेक बहस सुरु भएकामा पहिलो दिन सरकारी वकिल र जाहेरवालाका तर्फबाट केही वकिलले मात्र बहस गर्न भ्याएको अदालतले जानकारी दिएको छ। यसअघि बुधबार जिल्ला अदालतमा लामिछानेको बयान लिइएको थियो।

उता चितवनमा पनि रवि लामिछानेबिरुद्ध आउँदो साताभित्र लामिछानेविरुद्ध मुद्दा दर्ता गरिने बुझिएको छ भने पर्सामा पनि उनीबिरुद्ध अनुसन्धान भइरहेको छ।

गत माघ २ गते काठमाडौँ जिल्ला अदालतले ६० लाख रुपैयाँ र पुस २५ गते कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा लामिछानेलाई रिहा गरेका थिए।

प्रकाशित मिति २०८१ माघ १० गते बिहिबार ०५:४०
प्रतिक्रिया दिनुहोस्