ठेक्का सम्झौता अवधि सकिएका तनहुँमा निर्माणाधीन दुई पुल, मन्त्री केसीले गरे अनुगमन

ठेक्का सम्झौता अवधि सकिएका तनहुँमा निर्माणाधीन दुई पुल, मन्त्री केसीले गरे अनुगमन
२०८१ माघ १६ गते बुधबार ०८:३८

वि.स. २०५२ सालमा ट्रयाक खोलिएको दुलेगौडा–हर्कपुर सडक १०.१८ किलोमिटर सडक कालोपत्र २०७८ माघ १० गते भित्र सम्पन्न गर्ने गरी एमएस शंकरमाली निर्माण सेवाले विसं २०७६ कात्तिक ४ गते सम्झौता गरेको थियो। २५ करोड १० लाख ६० हजार रुपियाँ लागतमा...

वि.स. २०५२ सालमा ट्रयाक खोलिएको दुलेगौडा–हर्कपुर सडक १०.१८ किलोमिटर सडक कालोपत्र २०७८ माघ १० गते भित्र सम्पन्न गर्ने गरी एमएस शंकरमाली निर्माण सेवाले विसं २०७६ कात्तिक ४ गते सम्झौता गरेको थियो।

२५ करोड १० लाख ६० हजार रुपियाँ लागतमा निर्माण सम्पन्न गर्ने भनिएको उक्त सडक हालसम्म ४१ प्रतिशत निर्माण सम्पन्न भएको छ। दुई वर्ष अघि नै निर्माण सम्पन्न हुनुपर्ने उक्त सडक निर्माण गर्न अहिले आगामी असारसम्म म्याद थप भएको छ।

यसैगरी गत वर्षको जेठ २० गते निर्माण सम्पन्न भैसक्नु पर्ने शुक्लागण्डकी–५ र ८ स्थित बेलचौतारा–मुस्ताङ क्याम्प जोड्ने मोटरेबल पुलको एक स्पान मात्र ढलान भएको छ । पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख तिवारीलेका अनुसार , कामको प्रगति करिव ३० प्रतिशत मात्र छ । तर मुल्य अभिवृद्धि सहित १५ करोड ५९ लाख रुपैयामा निर्माण सम्झौता गरेको निर्माण कम्पनी महाविर खिम्ती अञ्जना पराजुली जेभीले हालसम्म आठ करोड १३ लाख रुपियाँ भुक्तानी लिई सकेको छ र काम सम्पन्न गर्न २०८२ मंसिर २० सम्म म्याद थप भएको छ।

ठेक्का अवधि सकिदा पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेका यी दुई पुलको आज गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले अनुगमन गरे र निर्माण व्यवसायीका कारण ढिलाई भएका ती योजनाहरुलाई काममा गति दिन निर्माण व्यवसायीलाई निर्देशन दिए ।

त्यस अवसरमा दुलेगौंडा हर्कपुर मोटरमार्ग उपभोक्ता समितिका पूर्व अध्यक्ष देउ बहादुर गुरुङले यस क्षेत्रकै सबैभन्दा पुरानो सडक समयमै सम्पन्न नहुदा स्थानीय र यात्रुले धुलो र हिलोको मार खेपेको बताउदै चाडो सम्पन्न गराउन ध्यानाकर्षण गराएका थिए ।

निर्माण व्यवसायी श्याम लामाले कोभिडसँगै निर्माण कम्पनीलाई आर्थिक रुपमा नोक्सान परेको बताउदै आर्थिक समस्याका कारण काम सम्पन्न गर्न समस्या परेको बताए । उनले कामदारको संख्या बढाएर समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति २०८१ माघ १६ गते बुधबार ०८:३८
प्रतिक्रिया दिनुहोस्