तनहुँमा शनिबार सॉझ ग्यास बुलेट पल्टिंदा चालकको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ कल्चरभिलेज नजिक शनिबार सॉझ ग्यास बुलेट पल्टिंदा चालकको मृत्यु भएको हो ।
मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको भारतीय एचआर ५५क्यु४७११ नम्बरको ग्यास बुलेट कल्चरभिलेज नजिक पल्टिंदा उक्त ग्यास बुलेटका चालक भारत विहार राज्य मिर्जापुर पठाही जिल्ला पूर्वी चम्पारण बस्ने ३६ वर्षीय भारतीय श्रीकान्त कुमारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए ।
ग्यास बुलेटले च्यापिएर गम्भीर घाइते उनलाई उद्धार गरी दमौली अस्पताल पठाइएकामा चिकित्सकले ८:२२ बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति २०८१ माघ २० गते आईतबार १०:३१