सल्यानको श्रीनगर महोत्सवमा मध्यराती आगलागी, करोडौं मूल्य बराबरको सामान जलेर नस्ट

सल्यानको श्रीनगर महोत्सवमा मध्यराती आगलागी, करोडौं मूल्य बराबरको सामान जलेर नस्ट
२०८१ माघ २७ गते आईतबार ०८:४४

सल्यानको श्री नगरमा जारी महोत्सवमा राखिएका स्टलमा मध्यराति आगलागी भएको छ । आगलागीबाट ८० वटा स्टल जलेर नष्ट भएका छन् । महोत्सवमा विभिन्न किसिमका १३८ स्टल राखिएका थिए । ८ दिनदेखि जारी दोस्रो बृहत सल्यान महोत्सवमा आगलागी हुँदा करोडौं...

सल्यानको श्री नगरमा जारी महोत्सवमा राखिएका स्टलमा मध्यराति आगलागी भएको छ । आगलागीबाट ८० वटा स्टल जलेर नष्ट भएका छन् । महोत्सवमा विभिन्न किसिमका १३८ स्टल राखिएका थिए ।

८ दिनदेखि जारी दोस्रो बृहत सल्यान महोत्सवमा आगलागी हुँदा करोडौं मूल्य बराबरको सामान जलेर नस्ट भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान सल्यानको आयोजनामा यहीँ माघ १८ गतेबाट जारी महोत्सवमा हिजो ८ औं दिन राति आगलागी हुँदा करोडौं मूल्य बढीको सामान जलेर नस्ट भएको हो ।

गएराती ११ बजे सुरु भएको आगलागी स्थानीय, नेपाली सेना र प्रहरीले राति १ बजे नियन्त्रणमा लिएको महोत्सव आयोजक समितिले जनाएको छ ।

आगलागीका कारण महोत्सवमा झण्डै १० करोड बराबरको क्षति भएको बताइएको छ । अपरिचित व्यक्तिले स्टल बाहिरबाटै आगो लगाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति २०८१ माघ २७ गते आईतबार ०८:४४
प्रतिक्रिया दिनुहोस्