स्याङ्जामा गएरराती ट्रकमुनि मोटरसाइकल छिर्दा एक जनाको मृत्यु

स्याङ्जामा गएरराती ट्रकमुनि मोटरसाइकल छिर्दा एक जनाको मृत्यु
२०८१ माघ २८ गते सोमबार ०१:३०

स्याङ्जामा गएरराती ट्रकमुनि मोटरसाइकल छिर्दा एक जनाको मृत्यु भएको छ । सिद्धार्थ राजमार्गमा वालिङ मोडबाट भकुण्डेतर्फ आउँदै गरेको ग १ ख ९४७२ नम्बरको ट्रकलालई सोही दिशाबाट आउँदै गरेकाको लु ६९ प ८०६७ नम्बरको मोटरसाइकलले ओभर ट्याक...

स्याङ्जामा गएरराती ट्रकमुनि मोटरसाइकल छिर्दा एक जनाको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्गमा वालिङ मोडबाट भकुण्डेतर्फ आउँदै गरेको ग १ ख ९४७२ नम्बरको ट्रकलालई सोही दिशाबाट आउँदै गरेकाको लु ६९ प ८०६७ नम्बरको मोटरसाइकलले ओभर ट्याक गर्ने क्रममा मोटरसाइकल ट्रकमुनि छिर्दा एक जनाको मृत्यु भएको हो भने अर्का एक जान घाइते भएका हुन् ।

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका वालिङ नगरपालिका–९ क्याम्पस रोडका १६ वर्षीय सुशील गुरुङको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा आइतबार राति ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले बताए।

उनका अनुसार राति सवा १० बजे वालिङ नगरपालिका–८ डुम्रिकोटस्थित सिद्धार्थ राजमार्गमा वालिङबाट भकुण्डेतर्फ जाँदै गरेको ग१ख ९४७२ नम्बरको ट्रकलाई लु६९प ८०७६ नम्बरको मोटरसाइकलले ओभरटेक गर्दा दुर्घटना भएको थियो।

ओभरटेक गर्ने क्रममा मोटरसाइकल ट्रकको बीचमा पसेको प्रहरीले जनाएको थियो। मृतक गुरुङ मोटरसाइकलको पछाडि सवार थिए।

ट्रक चालक पर्वत कुश्मा नगरपालिका–१२ का ३९ वर्षीय दिवाकर लामिछाने र मोटरसाइकल चालक वालिङ नगरपालिका–८ का १७ वर्षीय हेमन्त राना प्रहरीको नियन्त्रणमा छन्। सांकेतिक चित्र

प्रकाशित मिति २०८१ माघ २८ गते सोमबार ०१:३०
प्रतिक्रिया दिनुहोस्