मादीमा वातावरण सम्बन्धी एक दिने तालिम

मादीमा वातावरण सम्बन्धी एक दिने तालिम
२०८१ फाल्गुण १७ गते शनिवार १०:४३

पोखरा फागुन १७/ कास्कीको मादी गाउँपलिका ५ चितेपानीमा स्थानीय तहमा वातावरण सम्बन्धी एक दिने बाताबरण सम्बन्धी तालिम सम्पन्न भएको छ । मानव अधिकार समुह मादीको आयोजना तथा इन्सेक गण्डकी प्रदेश कार्यलय पोखराको सहयोगमा कार्यक्रम भएको...

पोखरा फागुन १७/ कास्कीको मादी गाउँपलिका ५ चितेपानीमा स्थानीय तहमा वातावरण सम्बन्धी एक दिने बाताबरण सम्बन्धी तालिम सम्पन्न भएको छ । मानव अधिकार समुह मादीको आयोजना तथा इन्सेक गण्डकी प्रदेश कार्यलय पोखराको सहयोगमा कार्यक्रम भएको समुहका अध्यक्षय रुद्र अधिकारीले जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै मादी ५ का वडा अध्यक्ष हुमनाथ अधिकारीले बनजङ्ग सबैको साझा सम्पती भएको बताए । उनले यसको संरक्षण र सम्ब्रद्धन गर्नु सबैको दाइत्वि भएको उल्लेख गरे ।
मानव अधिकार समुहका अध्यक्ष रुद्र अधिकारीले कार्यक्रमको आवश्यकता र उद्धेश्यको बारेमा सहभागिहरुलाई बताएका थिए ।

कार्यक्रममा जिल्ला बन कार्यलय प्रमुख कोमलराज काफ्ले,डिभिजन बन कार्यलय मादीका सुचना अधिकारी हरि प्रसाद गौतम,सब डिभिजन वन कार्यलय मादीका इन्चार्ज गणेश बहादुर कार्की,मादी ५ का वडा सचिव बुद्धिराज लामिछाने,मानवअधिकार समुह मादीका सचिव, सह–सचिव इन्सेक जिल्ला सहजकर्ता शुस्मा आर्चाय अधिकारी, सामुदायिक वन,टोल विकास आमा समुह बुद्धिजिविबर्ग लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति २०८१ फाल्गुण १७ गते शनिवार १०:४३
प्रतिक्रिया दिनुहोस्