पोखरा नवलपुर सम्पर्क समाजले ग¥यो बनभोज कार्यक्रम ।।

पोखरा नवलपुर सम्पर्क समाजले ग¥यो बनभोज कार्यक्रम ।।
२०८१ फाल्गुण १८ गते आईतबार १०:३२

नवलपुर सम्पर्क समाजले पोखरा–१७ दाेबिल्लामा शनिबार बनभोज कार्यक्रम गरेको छ । सम्पर्क समाजले यस वर्षबाट बनभोज कार्यक्रमलाई निरन्तरता दिँने समाजका अध्यक्ष ईश्वर श्रेष्ठले बताए। अध्यक्ष श्रेष्ठले जन्मघर नवलपुर छोडी कर्मथलो...

नवलपुर सम्पर्क समाजले पोखरा–१७ दाेबिल्लामा शनिबार बनभोज कार्यक्रम गरेको छ ।

सम्पर्क समाजले यस वर्षबाट बनभोज कार्यक्रमलाई निरन्तरता दिँने समाजका अध्यक्ष ईश्वर श्रेष्ठले बताए।

अध्यक्ष श्रेष्ठले जन्मघर नवलपुर छोडी कर्मथलो पोखरा बनाइ बसेका सम्पूर्णलाई एकजुट बनाउन समाजले सहयोग गरेको बताए। उनले “मर्दा र पर्दा भनेजस्तै जब समस्या पर्छ अनि आफन्त इष्टमित्र, छरछिमेकको आवश्यक पर्छ, तिनै समस्यासँग जुध्नको लागि समाज चाहिन्छ। अप्ठेरो समयमा एकजुट भई एकको बोझलाई सबैले हातेमालो गर्दै अगाडि बढ्न समाजले प्रेरणा दिएको छ।” भने।

त्यसैगरी समाजका सल्लाहकार डा.पदम श्रेष्ठले पोखरा नवलपुर सम्पर्क समाज स्थापनाको मूल उद्देश्य अनुरुप काम गर्दै आइरहेको जानकारी पाउँदा आफू अत्यन्तै खुसी भएको बताउँदै अहिलेको समयसम्म आइपुग्दा समाजले धेरै राम्रो काम गरेको उल्लेख गरे।

त्यसैगरी समाजका उपाध्यक्ष मणि प्रसाद डुम्रेले बनभोजमा सहभागीहरुप्रति स्वागत गर्दै आगामी दिनमा पनि मन, बचन र कर्मले समाजलाई सहयोग गर्न आफू प्रतिवद्ध रहेको व्यक्त गरेका थिए।

कार्यक्रम संयोजक पूर्णकला रिजालले कार्यक्रममा बोल्दै बनभोजलाई सम्पन्न गर्नको लागि सहयोग गर्नुहुने सम्पूर्णमा कृतज्ञता ज्ञापन गरेका थिए ।

कार्यक्रम संस्थाका साधारण सदस्य गोकुल रिमालले नवलपुरबाट पोखराआई स्थायी तथा अस्थायीरुपमा बसोवास गर्नुहुने पोखरावासीहरुलाई एकैठाउँमा उभ्याई माया साटासाट गरि आत्मीयता बढाएकोमा संस्था प्रति आफ्नाे दायित्व सदैव रहिरहने बताए ।

रमाइलो बनभोज कार्यक्रमलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लागि सांस्कृतिक कार्यक्रमका साथै नृत्य प्रतियोगिता,म्युजिकल चियर समेत भएको थियो।
समाजको उत्कृष्ट कार्यसम्पादन काे मुल्याङकन गदै संस्थाका सचिव शिब प्रसाद न्याैपाने , सहसचिव तारा श्रेष्ठ , काेषाध्यक्ष पूर्णकला रिजाल लाई सम्मान गरेकाे छ ।

नृत्य प्रतियोगितामा क्रमश सबिना रानाभाट प्रथम ,शिब प्रसाद न्याैपाने द्वितीय र रितिसा श्रेष्ठ तृतीय भएका थिए ।

सम्पर्क समाजका सचिब शिब प्रसाद न्याैपानेले सञ्चालन गरेको बनभोज कार्यक्रम अध्यक्ष ईश्वर श्रेष्ठ अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रकाशित मिति २०८१ फाल्गुण १८ गते आईतबार १०:३२
प्रतिक्रिया दिनुहोस्