पोखरामा कोटीहोम रोक्न माग राख्दै उच्च अदालतमा राखिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

पोखरामा कोटीहोम रोक्न माग राख्दै उच्च अदालतमा राखिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
२०८१ फाल्गुण १९ गते सोमबार ०८:५३

उच्च अदालत पोखराले पर्यटकीय राजधानी पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित बाराहीघाटमा गर्न भनिएको कोटीहोम रोक्ने गरी आदेश दिन इन्कार गरेको छ। बाराहीघाटमा गर्न भनिएको कोटीहोम रोक्न माग राख्दै पोखरा महानगरपालिकाको भ्याकेट...

उच्च अदालत पोखराले पर्यटकीय राजधानी पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित बाराहीघाटमा गर्न भनिएको कोटीहोम रोक्ने गरी आदेश दिन इन्कार गरेको छ।
बाराहीघाटमा गर्न भनिएको कोटीहोम रोक्न माग राख्दै पोखरा महानगरपालिकाको भ्याकेट निवेदन र अधिबक्ता भगवती पहारीलगायतका चार जना वकिलहरुले दिएको छुट्टै रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

उच्च अदालत पोखराका न्यायाधिशद्वय दिपेन्द्र अधिकारी र उमेश कोइरालाको संयुक्त इजलाशले आज उत्प्रेषणयुक्त परमादेश जारी गर्दै महानगरको रिट निवेदनलाई समेत अग्राधिकार दिई छिटो पेशी तोकी नियमानुसार पेश गर्न भनेको छ।

यस अघो सोहि अदालतले गएको फागुन १ गते एउटा अन्तरिम आदेश जारी गर्दै मानव सेवा फाउण्डेसन, नेपाललाई पोखराको बाराहीघाटमा कोटीहोम आयोजना गर्न अवरोध नगर्नु/ नगराउनु भनि अन्तरिम आदेश दिएको थियो। अन्तरिम आदेशलाई आजको संयुक्त इजलाशले निरन्तरता दिएको छ।

आजको संयुक्त इजलाशमा पोखरा महानगरपालिकाको कार्यालयको तर्फबाट अधिवक्ता सुकदेव गौतम तथा मानव सेवा फाउण्डेसन नेपाल, पोखरा शाखाको तर्फबाट बरिष्ठ अधिवक्ताद्वय कृष्ण बहादुर थापा र राजु बस्नेत तथा अधिवक्ताहरु वीरेन्द्र के.सी. दुर्गा प्रसाद कोइराला, दीपक शर्मा पौडेल र तोयनाथ पौडेलले बहस गरेका थिए।

उच्च अदालत पोखराले आज दिएको उत्प्रेषणयुक्त परमादेशसंगै मानव सेवा फाउण्डेसन, नेपालले आगामी बैशाख १७ गतेदेखि जेठ २६ गतेसम्म गर्ने भनिएको कोटीहोम निश्चित समयमै हुने मानव सेवा फाउण्डेसनले जानकारी दिएको छ।

अदालतको यस आदेश संगै कोटिहोम महायज्ञ सोही मिति, स्थान र समयमै हुने आयोजकले जानकारी दिएको छ।

प्रकाशित मिति २०८१ फाल्गुण १९ गते सोमबार ०८:५३
प्रतिक्रिया दिनुहोस्