फोनिज गण्डकीको अध्यक्षमा खिमा गुरुङ

फोनिज गण्डकीको अध्यक्षमा खिमा गुरुङ
२०८१ फाल्गुण २९ गते बिहिबार ०९:२४

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा खिमाकुमारी गुरुङ निर्वाचित भएकी छन् । पोखरामा बुधबार सम्पन्न तेस्रो प्रादेशिक महाधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको...

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको अध्यक्षमा खिमाकुमारी गुरुङ निर्वाचित भएकी छन् । पोखरामा बुधबार सम्पन्न तेस्रो प्रादेशिक महाधिवेशनले गुरुङको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्ष (खुला) धनबहादुर गुरुङ (कास्की), उपाध्यक्ष (महिला) शिला गुरुङ (नवलपुर), महासचिव सुरज थापा (कास्की), सचिव (खुला) दिलप्रसाद गुरुङ (कास्की), सचिव (महिला) कला राना (स्याङ्जा) र कोषाध्यक्ष सुमन थापामगर (कास्की सर्वसम्मत निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरूमा चेतबहादुर थापा ‘प्रविन’ (कास्की) यमबहादुर सोमै मगर (नवलपुर) , खड्गबहादुर आले (तनहुँ) , मनप्रसाद गुरुङ (कास्की) , कविता घर्तीमगर (कास्की) , चन्द्रकुमारी महतो (नवलपुर) , पुनम थापामगर (कास्की) र कृष्ण श्रेष्ठ ‘रोजी’ (कास्की) सर्वसम्मत चयन भएका छन् ।

संघीय प्रतिनिधिमा रुद्र श्रीस मगर, रत्ना गुरुङ र सुशान्त गाहा मगरलाई चयन गरिएको निर्वाचन समितिका संयोजक संघीय सल्लाहकार हुमबहादुर गुरुङले जानकारी दिए । प्रदेश समितिले बागलुङका यामबहादुर थापालाई पनि संघीय प्रतिनिधिमा मनोनीतका लागि सिफारिस गर्ने भएको छ ।

अधिवेशन तथा सम्मान कार्यक्रमको गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले उद्घाटन गर्दै प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रक्रिया द्रुत गतिमा अघि बढिरहेको बताए ।

कार्यक्रममा फोनिज गण्डकीले ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ पर्वतका पत्रकार संजय रेग्मीलाई प्रदान गरेको छ । समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले आफ्ना स्वर्गीय बुबा नरबहादुर गुरुङ र आमा सावित्रीकुमारी गुरुङको सम्मान एवं स्वर्गीय मित बुबा सूर्यप्रसाद मलेपति श्रेष्ठ ‘मिलन’ को स्मृतिमा स्थापना गरेको पुरस्कारबाट रेग्मीलाई सम्मान गरेको हो ।

पोखरा र पर्वतमा रहेर करिब डेढ दशकदेखि पत्रकारितामा सक्रिय रहेका रेग्मीले आदिबासी जनजातिहरूको उत्थानका लागि तथा उनीहरूका परम्परागत सीप, शैली, कला लगायतका विषयमा लेख्ने गरेका छन् ।

प्रकाशित मिति २०८१ फाल्गुण २९ गते बिहिबार ०९:२४
प्रतिक्रिया दिनुहोस्