स्ववियु निर्वाचन: पृथ्वीनारायण क्याम्पसमा २ हजार ८ सय ९७ मत खस्यो

स्ववियु निर्वाचन: पृथ्वीनारायण क्याम्पसमा २ हजार ८ सय ९७ मत खस्यो
२०८१ चैत ९ गते आईतबार ०५:०५

पोखरा चैत १०/ पोखराको पृथ्वीनारायण क्याम्पसमा आज भएको स्ववियु निर्वाचनमा २ हजार ८ सय ९७ मत खसेको छ । ५ गतेका लागि निर्धारित मतदानका दिन मतपत्रमा गडीबडी देखिएपछि आज चुनाव भएको हो । क्याम्पसमा ९ हजार २ सय ७० मतदाता भए पनि ज्यादै न्यून...

पोखरा चैत १०/ पोखराको पृथ्वीनारायण क्याम्पसमा आज भएको स्ववियु निर्वाचनमा २ हजार ८ सय ९७ मत खसेको छ । ५ गतेका लागि निर्धारित मतदानका दिन मतपत्रमा गडीबडी देखिएपछि आज चुनाव भएको हो ।

क्याम्पसमा ९ हजार २ सय ७० मतदाता भए पनि ज्यादै न्यून संख्यामा मत खसेको हो । बिहान ८ बजे सुरु भएको मतदान ४ बजे शान्तिपूर्ण रुपमा सम्पन्न भएको स्ववियु निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले जानकारी दिए ।

पृना क्याम्पसको स्ववियु कमान्डर बन्न ८ जनाको उम्मेदवारी परेको छ । जसमा कमल सुवेदी र विप्लवी न्यौपाने २ जना स्वतन्त्र रुपमा उठेका छन् भने बाँकी ६ जना राजनीतिक दलको भातृ संगठनका उम्मेदवार हुन् ।

एमालेको अनेरास्ववियुबाट विष्णु पोखरेल, कांग्रेसको नेपाल विद्यार्थी संघ ९नेविसंघ० बाट सुशील न्यौपाने, माओवादीको अनेरास्ववियु ९क्रान्तिकारी० बाट नवीन अधिकारी, अनेरास्ववियू, अखिल समाजवादी र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट सन्तोष पौडेल, प्राज्ञिक विद्यार्थी परिषदबाट दिप्सन गुरुङ र अखिल छैठौंबाट मिलन सुनार अध्यक्षका प्रत्यासी छन् ।

समानुपातिकका लागि अध्यक्षको प्यानलमा रहेका बाहेक नयाँ शक्ति विद्यार्थी युनियन, अखिल क्रान्तिकारी ९वैद्य० का उम्मेद्वारहरु पनि चुनावी मैदानमा छन् । सर्बदलिय बैठक बसेर मतगणना गर्ने तयारी रहेको छ ।

प्रकाशित मिति २०८१ चैत ९ गते आईतबार ०५:०५
प्रतिक्रिया दिनुहोस्