एभरग्रिन एकेडेमीले पोखरामा अन्तर्राष्ट्रियस्तरको पठनपाठन संचालन गर्ने

एभरग्रिन एकेडेमीले पोखरामा अन्तर्राष्ट्रियस्तरको पठनपाठन संचालन गर्ने
२०८१ चैत १३ गते बिहिबार ०१:०८

पोखरा । पोखराको तेसापट्टीमा पहिला कल्पना सिनेमा हल रहेको जग्गामा प्रतिभा एजुकेशन फाउण्डेशनले एभरग्रिन एकेडेमी नाममा नयाँ शैक्षिक संस्था संचालनमा ल्याउने भएको छ । विद्यालय शिक्षामा तल्लो तहदेखि नै अन्तर्राष्ट्रियस्तरको पठनपाठन...

पोखरा । पोखराको तेसापट्टीमा पहिला कल्पना सिनेमा हल रहेको जग्गामा प्रतिभा एजुकेशन फाउण्डेशनले एभरग्रिन एकेडेमी नाममा नयाँ शैक्षिक संस्था संचालनमा ल्याउने भएको छ ।
विद्यालय शिक्षामा तल्लो तहदेखि नै अन्तर्राष्ट्रियस्तरको पठनपाठन संचालन गर्ने उद्देश्ले एभरग्रिन एकेडेमी संचालनमा ल्याउन लागिएको हो

‘स्टिम वेस’मा आधारित रही पठनपाठन हुने एभरग्रिनलाई सुविधा सम्पन्न बनाइने एकेडेमी निर्देशक किरण सापकोटाले बताए । साढे ५ रोपनी क्षेत्रफलमा हाल निर्माणाधीन रहेको साढे ५ तलाको उक्त भवन निर्माणका लागि हालसम्म ५० करोड रुपैयाँ खर्च गरिसकिएको र अझै खर्च बढ्ने उनले बताए ।

एकेडेमी निर्देशक किरण सापकोटाले उक्त एकेडेमीमा आगामी शैक्षिक सत्रका लागि कक्षा नर्सरीदेखि ५ सम्म भर्ना शुरु गरिसकिएको जानकारी दिए । प्रत्येक कक्षामा अधिकतम् २४ जनाभन्दा बढी विद्यार्थी नराखिने उनले बताए । उनले भने, ‘यहाँ शुल्क त्यस्तो महँगो हुँदैन । विभिन्न सेवासुविधा उपलब्ध हुने भएकाले पोखरामा निजी विद्यालयले लिने शिक्षण शुल्क भन्दा केही मात्र बढी हो ।’

प्रतिभा माविको सफलतासँगै विद्यार्थीको बौद्धिक विकास र व्यक्तित्व निर्माणमा सशक्त बनाउन फाउण्डेशनले विद्यार्थीको आवश्यकता र क्षमताअनुसारको पाठ्यक्रम बनाएर प्रयोग गर्ने, विद्यार्थीको व्यक्तिगत आवश्यकतामा ध्यान दिई उनीहरुको समग्र व्यक्तित्व विकासको लागि विशेष योजना पनि बनाउने, शिक्षक र विद्यार्थीबीचको सहकार्यलाई प्राथमिकता दिने फाउण्डेशन अध्यक्ष नारायण पौडेलले जानकारी दिए ।

उनका अनुसार एभरग्रिन एकेडेमीमा नवीनतम् प्रविधिको प्रयोग गरिने छ । विद्यार्थीले स्मार्ट क्लास रुम, विभिन्न डिजिटल उपकरण र इन्फर्मेशन टेक्नोलोजी माध्यमबाट सिकाइ अनुभव गर्न सक्ने छन् ।

विद्यार्थीमा टीमवर्क र सहकार्यलाई बढावा दिन परियोजनामा आधारित सिकाइको पनि प्रयोग गरिनेछ । लिफ्ट सुविधा रहेको एकेडेमीमा विद्यार्थीका निम्ति ल्याब, योगा, ध्यान, म्यूजिक, डान्स, आर्टस्का कक्षाहरु संचालित हुने छन् ।
०००

प्रकाशित मिति २०८१ चैत १३ गते बिहिबार ०१:०८
प्रतिक्रिया दिनुहोस्